ताजा समाचार

शहिदनगरमा जडिबुटी अभियान सम्बन्धी अन्तर क्रियाकार्यक्रम सम्पन्न

  • असोज १, २०७६
  • १६५८ पटक पढिएको
  • नरेश बर्ब्रिया
alt

नरेशचन्द्र बरबरिया,धनुषा असोज १ गते । शहिदनगर नगरपालिकामा" एक घर पाँच योग र पाँच जडिबुटी" अभियान सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।आयुर्वेद औषधालय यदुकूहाको योग हलमा भएको अन्तरक्रियामा शहिदनगर नगरपालिका वडा न.३ का वडा अध्यक्ष नागेन्द्र प्रसाद मण्डलको अध्यक्षता एवम शहिदनगर नगरपालिकाकी उप-प्रमुख शिला देवि कापरको प्रमुख अतिथिमा बृहत् अन्तरक्रिया कार्यक्रम सन्चालन भएको हो उक्त कार्यक्रममा निर्वाचित जनप्रतिनिधिहरु , समाजसेवी , बुद्धिजिबी ,महिला एवम भु.पु सांसद शिवधारी यादव , प्रमुख प्रशासकीय अधिकृत नन्द किशोर झा लगायतको सहभागी रहेको थियो । ।सहभागी सम्पुर्णलाई तुलसी, पुदिना, कल्पनाथ , घिउ कुमारी र असुरोको बोट एवम पाँच ओटा गमला नगर- उप प्रमुख कापर, वडाअध्यक्ष मन्डल र कार्यकारी प्रमुख नन्द कुमार झाको हात बाट वितरण भएको थियोे । भने सम्पुर्ण वडाका योग अध्यक्ष लाई एक थान पोर्टेवल बाजा र तिरपाल समेत बितरण भएको थियो ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤