कटुवा पेस्तोल सहित पक्राउ

  • भदौ ३१, २०७६
  • ९६४ पटक पढिएको
  • सिराहा टाइम्स
alt

झापा, ३१ भदौ । विर्तामोड नगरपालिका-४ स्थित अनुल सारु मगरको कोठाबाट कटुवा पेस्तोल २ थान, गोली ४ राउण्ड, आर्थिक सहयोग सम्बन्धी पत्रहरु, परिपत्रहरु, विभिन्न माईन्युट बुकहरु, डायरीहरु, दस्तावेजहरु, सहयोग रसिदहरु, किताबहरु लगायतका विभिन्न सामाग्रीहरु सहित ३ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा विर्तामोड नगरपालिका-४ डेरा गरी बस्ने मकवानपुर भिमफेदी गाउँपालिका-२ का २६ वर्षीय अनुल सारु मगर सहित विर्तामोड नगरपालिका-४ मेघाबारी चोक बस्ने झापा हल्दिवारी गाउँपालिका-५ का ४४ वर्षीय टिका पोखरेल र ईलाम माङसेबुङ गाउँपालिका-१ बस्ने मनिष भन्ने ३४ वर्षीय प्रविन मिश्र रहेका छन् । गत भदौ २२ गते राति विर्तामोड नगरपालिका-२ चारपानेमा शंकास्पद बस्तु विस्फोट भएको घटनाको अनुसन्धान गर्ने क्रममा १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगर, जिल्ला प्रहरी कार्यालय झापा र ईलाका प्रहरी कार्यालय अनारमनिबाट खटिएको संयुक्त प्रहरी टोलीले उक्त घटनामा संलग्न रहेका टिका पोखरेल र प्रविन मिश्रलाई विर्तामोड नगरपालिका-४ मेघाबारी चोकबाट मे.६ प ७३०८ नम्बरको मोटरसाइकल, मोबाइल ५ थान, डायरी १ थान, आर्थिक सहयोग सम्बन्धी पत्र ७ थान, विभिन्न परिपत्र २ पाना र टिकाराम पोखरेलको नाममा रहेको लाईसेन्स १ थान सहित फेला पारी पक्राउ गरेको हो । साथै पक्राउ पश्चात थप अनुसन्धान गर्ने क्रममा अनुल सारु मगरको कोठा खानतलासी गर्दा कोठामा लुकाई छिपाई राखेको उक्त हतियार लगायतका विभिन्न सामाग्रीहरु प्रहरीले फेला पारेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस

सुशीला कार्कीलाई प्र ...

काठमाडौँ । अन्तरिम सरकार गठनको तयारीलाई लिएर प्रमुख दलबीच प्रारम्भिक सहमति बने पनि संसद् विघटनको विष ...

सामाजिक सञ्जाल बन्दक ...

ओम प्रकाश यादव लहान भदौ २२ । सरकारले सामाजिक सञ्जाल बन्द गर्ने तयारी गरिरहेको चर्चा बीच यसको सम्भावि ...

वैश्य समाजको लागि सच ...

बिरेन्द्र प्रसाद नेपाल लहान, भदौ १८ । कमलापुरी वैश्य (बनिया) समाज नगर कार्यसमिति, लहानले हिन्दू धर्म ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१