ताजा समाचार

कटुवा पेस्तोल सहित पक्राउ

  • भदौ ३१, २०७६
  • १०९३ पटक पढिएको
  • सिराहा टाइम्स
alt

झापा, ३१ भदौ । विर्तामोड नगरपालिका-४ स्थित अनुल सारु मगरको कोठाबाट कटुवा पेस्तोल २ थान, गोली ४ राउण्ड, आर्थिक सहयोग सम्बन्धी पत्रहरु, परिपत्रहरु, विभिन्न माईन्युट बुकहरु, डायरीहरु, दस्तावेजहरु, सहयोग रसिदहरु, किताबहरु लगायतका विभिन्न सामाग्रीहरु सहित ३ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा विर्तामोड नगरपालिका-४ डेरा गरी बस्ने मकवानपुर भिमफेदी गाउँपालिका-२ का २६ वर्षीय अनुल सारु मगर सहित विर्तामोड नगरपालिका-४ मेघाबारी चोक बस्ने झापा हल्दिवारी गाउँपालिका-५ का ४४ वर्षीय टिका पोखरेल र ईलाम माङसेबुङ गाउँपालिका-१ बस्ने मनिष भन्ने ३४ वर्षीय प्रविन मिश्र रहेका छन् । गत भदौ २२ गते राति विर्तामोड नगरपालिका-२ चारपानेमा शंकास्पद बस्तु विस्फोट भएको घटनाको अनुसन्धान गर्ने क्रममा १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगर, जिल्ला प्रहरी कार्यालय झापा र ईलाका प्रहरी कार्यालय अनारमनिबाट खटिएको संयुक्त प्रहरी टोलीले उक्त घटनामा संलग्न रहेका टिका पोखरेल र प्रविन मिश्रलाई विर्तामोड नगरपालिका-४ मेघाबारी चोकबाट मे.६ प ७३०८ नम्बरको मोटरसाइकल, मोबाइल ५ थान, डायरी १ थान, आर्थिक सहयोग सम्बन्धी पत्र ७ थान, विभिन्न परिपत्र २ पाना र टिकाराम पोखरेलको नाममा रहेको लाईसेन्स १ थान सहित फेला पारी पक्राउ गरेको हो । साथै पक्राउ पश्चात थप अनुसन्धान गर्ने क्रममा अनुल सारु मगरको कोठा खानतलासी गर्दा कोठामा लुकाई छिपाई राखेको उक्त हतियार लगायतका विभिन्न सामाग्रीहरु प्रहरीले फेला पारेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤