लागु औषध दूव्यसनी तथा बिपत व्यावस्थापन सम्बन्धी जनचेतना कार्यक्रम

  • भदौ ३१, २०७६
  • ७२७ पटक पढिएको
  • सिराहा टाइम्स
alt

बिजय साह सुडी, सिरहा ३१ भाद्र । सशस्त्र प्रहरी वल सिरहाले लाहानका स्कुलहरुमा जनचेतना कार्यक्रम सुरु गरेको छ । लागु औषध दूव्यसनी तथा बिपत व्यावस्थापन सम्बन्धी जनचेतना कार्यक्रम सुरु गरेको हो ।लागु औषधको दुव्यसनीले समाजमा पार्ने नकारात्मक असरहरु तथा बिपद व्यवस्थापनमा सशस्त्र प्रहरीको भुमिका र नागरिकले कसरी सहयोग गर्न सक्छन् भन्ने जस्ता बिषयमा प्रहरीले जनचेतना अभियान सुरु गरेको सशस्त्र प्रहरी वल लाहानका प्रमुख प्रहरी नायव उपरिक्षक प्रेम रावलले जानकारी दिए । ल तथा क्याम्पसमा पढने बिद्यार्थी लागु औषध दूव्यसनीमा फस्न नदिन तथा समाज सुधारमा महत्वपूर्ण निर्वाह गर्ने उदेश्य स्वरुप प्रहरीले लाहानका स्कुलहरुबाट अभियान सुरु गरेको छ । सशस्त्र प्रहरी वल लाहानका प्रमुख प्रहरी नायव उपरिक्षक प्रेम रावलले लाहान १५ सगरमाथा माध्यमिक तह पढने कक्षा ७ देखि १० सम्म जम्मा ३ सय ५० जना बिद्यार्थीहरुको लागि लागु औषध दूव्यसनी तथा बिपत व्यवस्थापन सम्बन्धी जनचेतना मूलक प्रस्तुति राखेका थिए । युवा तथा बिद्यार्थीहरु नै लागु औषधमा फस्न सक्ने र बिद्यार्थीहरुले नै यसको नियन्त्रण तथा जनचेतना सन्देशहरु प्रवाह गर्न मदत गर्न सक्ने भएकाले स्कुल तथा क्याम्पसहरुमा जनचेतना मुलम कार्यक्रम सुरु गरिएको प्रहरी नायव उपरिक्षक रावलले जानकारी दिए । लागु औषधको प्रयोगबाट युवा पिडिमा पर्ने असरहरुले समाज पार्ने नकरात्क घटनाहरु तथा बिभिन्न कानुनि अबस्था बारेमा जानकारी गराइएको थियो । बिद्यार्थीहरु लाई लागू औषध भनेको के हो, लागू पदार्थ सेवन गर्दा का बेफाईदाहरु, समाज मा कस्ता असर पार्छ र कसरी निबारण गर्न सकिन्छ भन्ने जानकारी दिएका थिए ।

नेपालमा खासगरी युवा पुस्तामा यसको प्रयोग बढी मात्रामा हुने गरेको देखिन्छ । प्रहरी उनायव उपरिक्षक रावलले बिद्यार्थीहरुलाई लागु औषधको प्रभावले मानब शरीरको केन्द्रीय स्नायु प्रणालीमा असर पार्ने जानकारी गराउँदै प्रयोगको मात्रा बढ्दै गएपछि मानिसको मृत्यु गराउने सम्म पुग्ने भएकाले सचेत रहन आग्रह गरेका थिए । सामाजिक संस्कार बिगार्ने,अपराध बढ्ने,दक्ष जनशक्ति कुलतमा फस्ने,अर्थ व्यवस्थालाई ध्वस्त बनाउने, जस्ता समस्याहरु लागुऔषध द्दारा सृजित जटिल सामाजिक समस्या आइपर्ने जस्ता जटिलताहरु बताएका थिए । लागु औषधको यस्तो बढ्दो प्रयोग र समाजमा यसले पार्ने नकारात्मक प्रभाबका कारण यसलाई सामाजिक अपराधका रुपमा लिईएको बारेमा बिद्यार्थीहरुलाई जानकारी गराइएको थियो । जनचेतना मुलक कार्यक्रममा बिपत व्यावस्थापन सम्बन्धी सशस्त्र प्रहरीले गरेका बिभिन्न उद्धार तथा सकरात्मक कामहरु बारेमा पनि जानकारी गराइएको थियो । कार्यक्रममा लाहान १५ सगरमाथा मा वि का शिक्षक शिक्षीका तथा लहान नगरपालिका १५का वडा अध्यक्ष तेज नारायण चौधरीको समेत उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

पीडि़त परिवारलाई राह ...

बिरेन्द्र प्रसाद नेपाल लहान, कर्तिक १५ गते । घनघोर बर्षा संगै आएको बाढीको कारण प्रभावित एवं विस्थापि ...

मिर्चैयामा दिउँसै एक ...

लहान १५ कार्तिक । सिराहाको मिर्चैयास्थित मुख्य बजारमा दिउँसै एक बैंक कर्मचारीको कोठामा लाखौंको चोरि ...

लागु औषध विरूद्ध आक् ...

कृष्णनगर, कपिलवस्तु, १५ कपिलवस्तु जिल्लाको दक्षिण पश्चिममा रहेको इलाका प्रहरी कार्यालय कृष्णनगरले ला ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

best free website hit counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१