ताजा समाचार

बच्चा अपहरण किडनी चोर्ने आरोपमा निर्देशलाई कुटने ४ जना पक्राउ,सचेतना फैलाई साजाजिक सदभाव कायम राख्न आग्रह

  • भदौ ३१, २०७६
  • १८२६ पटक पढिएको
  • सिराहा टाइम्स
alt

रौतहट ३१ भदौ । रौतहट । रौतहट स्थित बच्चा अपहरण,किडनी चोर्न आएको गलत आरोपमा निर्दोष मानिसलाई कुटपिट गर्ने चारजना युवालाई प्रहरीले पक्राउ गरेको छ ।प्रहरी द्धारा पटक पटक आग्रहको बावजुद कानुन आफनै हातमा लिएर निर्दोष मानिसलाई मर्नासन हुनेगरी कुटपिट गर्ने चारजना युवकलाई प्रहरीले पक्राउ गरेको हो ।पक्राउ पर्नेहरुमा गरुडा नगरपालिका वडा ८ का रामईश्वर राउत,श्याम पाल,राजपुर नपा ५ का मोहमद सलाउदिन रहेको जिल्ला प्रहरी डिएसपी नविन कार्कीले बताएका छन ।पक्राउ चारैजनालाई हिरासतमा राखेर अनुसंधान गरीरहेको डिएसपी कार्कीले जानकारी गराएका छन ।पछिलो एकमहिना देखी रौतहटको अनेक भागमा बच्चा अपहरण गर्न आयो, किडनी चोर्न गिरोह आयो भन्ने केही मानिसले अफवाह फैलाएर समाजिक सदभाव बिगार्नमा लागीपरेको देखिएको छ ।टाढा टाढा बाट आफन्तको घरमा आएका अपरिचित दर्जनौ निर्दोष महिला तथा पुरुषलाई जिल्लामा अपहरण र किडनी चोर्न आएको गलत आरोप लगाई कुटपिट गरीुकेका छन ।
हालसम्म जिल्लाभरीमा ११ वटा कुटपिटको घटना सार्वजनिक भएको प्रहरीले जनाएको छ । तर जिल्लाको कुनै स्थानमा बच्चा चोर्ने अथवा किडनी चोर्ने जस्ता आरोप पुस्टी हुन सकेको छैन । केहीदिन अघि गौर नजिकै सबगढा चौकमा एकजना महिला र एकजना पुरुषलाई त्यस्तै आरोपमा स्थानिय दर्जनौ युवाहरुले मर्नासन हुनेगरी कुटपिट गरेका थिए । तर अनुुसंधानमा कुटाईखाएका दुबैजना निर्दोष ठहर भएका छन । यसरी जथाभावी अपरिचित मानिस कुटिन थालेपछी बाहिर काम गर्न कसरी जाने हो भने ठुलो चिन्ताको बिषय बनेको छ ।यस्ता समस्या समाधानका लागी जिल्ला प्रहरी प्रमुख एसपी भुपेन्द्र खडका अथक प्रयास गरी जिल्लामा ५० स्थानमा सचेतना कार्यक्रम गराएका छन।
कुनै पनी निर्दोष तथा अपचिथित मानिस आफन्तको घरमा जाँदा आउदा तथा काम बिषेशले जाँदा गलत आरोप लगाएर निर्घात कुटपिट गर्नु मानवता बिरोधी रहेको एसपी खत्री बताउँछन । प्रहरी सचेतनाका साथै स्थानिय निकायका जनप्रतिनिधी,सचेत नागरिक, बिधार्थी,शिक्षक,किसान,ब्यापारी ,राजनितिक दलका नेता कार्यकर्ता सबै यस्ता बिकृती बिरुद्धमा लागेमा मात्र निदोर्ष कुटाई बाट बाँच्ने तथा समाजिक सदभाव कायम रहने जानकारहरुको ठम्मयाई रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤