दलित भुमिहिन परिवारलाई आर्थिक सहयोग

  • भदौ २८, २०७६
  • १८७७ पटक पढिएको
  • सिराहा टाइम्स
alt

संजय विश्वकर्मा लहान २८ , भदौ सामाजिक कार्यमा निश्वार्थ सहयोग गर्दै आईरहेको सिरहाका एक संस्थाले आज भारतको भुमिहिन, गरिब , पिडित एक जना घरपरिवारलाई आर्थिक सहयोग गरेको छ । रजक सेवा समाज गुरुपले शनिबार भारतको जिल्ला मधुवनी बिहार कुमरखत पुर्नि पञ्चायत वाड नं. २ टोल महुलीयाका रामपुकार साफिलाई आर्थिक सहयोग गरेको संस्थाका संस्थापक हरेराम साफिले जानकारी दिनुभयो । चार छोरी र एक छोरा रहेको पिडित रामपुकार साफीको आर्थिक अबस्था कमजोर रहेको कारण बाल बालिकालाई पठन पाठनमा सहयोग पुग्ने उदेश्यले घरमुलीका साथै उनका बालबालिकालाई कपडा , नगद नेपाली रु २० हजार सहयोग गरेको हो । पिडित रामपुकार साफिले भने करिब १५ दिन भयो छोराको उपचारमा ३ लाख भन्दा बढी खर्च भएपनी २७ दिन नपुग्दै एउटा मेरो दुधे बालक बाचेन त्रृmण कर्जा भैसकेको छ सहयोगको यो पैसाले केही राहत मिल्ने भन्दै खुसी ब्यक्त गरे । ९ जना सदस्य रहेको साफिले परिबारको पेट पाल्नका लागी दैनिक रुपमा मजदुरी गरिरहेको छ । दलित समुदाय अन्तर्गत धोबी जातिलाई उत्थान गर्न रजक सेवा समाज गुरुपले बिगत २०१९ देखि निश्वार्थ रुपमा बिभिन्न खालका सामाजिक कार्यहरु गर्दै आईरहेको छ । मलेशिया , कतार , दुबई , साउदी लगायतमा रहेको बैदेशिक रोजगारमा गएका धोबी समुदायको युवाहरुको आर्थिक सहयोगमा गरुपले नेपाल , भारतमा बिभिन्न किसिमको सामाजिक कार्यहरु गर्दै आईरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस

कपिलवस्तु प्राविधिक ...

 अजय मिश्र कपिलवस्तु, पुस ७। कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका वडा नं २ स्थित कपिलवस्तु प्रा ...

मेयर चौधरीद्वारा छुट ...

ओम प्रकाश यादव लहान, पुष ६ । लहान नगरपालिकाका मेयर महेश चौधरीले नगरपालिकाको तर्फबाट वडा नम्बर– ...

आशा किरण केन्द्रको १ ...

वीरगंज ६ पौष । नेशनल मेडिकल कलेज प्रा. लि. र आशा किरण केन्द्रबीच औपचारिक सम्झौता हस्ताक्षर गरिए ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१