ताजा समाचार

मेयर बरबरिया द्वारा शहिदनगरमा छात्रछात्राको लागि कम्प्युटर र खेलकुद सामाग्री प्रदान

  • भदौ २५, २०७६
  • १७३६ पटक पढिएको
  • नरेश बर्ब्रिया
alt

भाद्र २५ गते ।धनुषाको शहिदनगर नगरपालिकाका मेयर (कान्छो मेयर) उदय कुमार बरबरिया यादवले नगरको शिक्षा स्तर बढाउने विद्यालयहरुमा कम्प्युटर र खेल समाग्री प्रदान गरेका छन् । मँगलबार एक कार्यक्रमबीच बरबरियाले सामाग्रीहरुमा क्यारम बोर्ड, ब्याट, विकेट, ग्लोव, वेल्स,प्याड, भलिबल, फुटबल, रिङ्गवल , स्किपिङ ग्लोव,ब्याटिङ ग्लोव, भलिबल नेट, ज्याभलिङ्ग,शट फुट, शहिदनगर नगरपालिका अन्तर्गत रहेको जम्मा २० वटा विद्यालयलाई प्रदान गरिएको छ । समाग्री प्रदान गर्दै उनले भने, - "आजको युगमा छात्रछात्राको लागि कम्प्युटर सम्बन्धि ज्ञान नभई नहुने अति आवश्यक रहेकोले र आज भोली खेलकुदको पनि आवश्यकता र खेलकुदमा पनि प्रतिस्पर्धा गर्नुभएकाले प्रत्येक विद्यालयमा कम्प्युटर र खेलकुद सामाग्री प्रदान गरेको छु ।

" शहिदनगर नगरपालिकाको मा.वि. विधालयहरु एस.एन.आर जनता मा.वि धवौली,मा.वि.महुलिया, जनता एकाई,मा.वि यदुकूहालाई ब्याट १ थान , वल ९ , विकेट ६ , किपिङ ग्लोव १ , ब्याटिङ ग्लोव १ , प्याड १ , A&D २ , वेल्स १ रिङ्गवल ४ , स्किपिङ वल ४ , क्यारम बोर्ड ठूलो १ , क्यारम बोर्ड सानो १ , ज्याभलिङ २ , शट फुट ठुलो १ , भलिबल १ , नेट १ । जनता अधारभुत विद्यालय पचहर्वा,आधारभुत विद्यालय हरबाडा,श्री जनता अधारभुत वि.नाथपट्टी बिसरभोरा , रा.आ.वि.यदुकूहा , जनता अधारभुत विद्यालय कुम्भकरणमा ब्याट १ थान , वल ९ , विकेट ६ , किपिङ ग्लोव १ , ब्याटिङ ग्लोव १ , प्याड १ A&D २ , वेल्स १ रिङ्गवल ४ , स्किपिङ वल ४ , क्यारम बोर्ड ठूलो १ , क्यारम बोर्ड सानो १ , ज्याभलिङ २ , शट फुट ठुलो १ , भलिबल १ ,नेट १ थान गरि प्रदान गरिएको जनाइएको छ ।

 

रा.प्रा.वि रामनगर लक्षमीपुर , रा.प्रा.वि बेमरखी खाल , आधारभुत विद्यालय सुन्दरपुर , सुनरैत प्रा.वि.चिरैया , तिलक आधारभुत विद्यालय चोराकोयलपुर , दलित जनता रा.प्रा.वि चोराकोयलपुर , रा.प्रावि मतौना , कृष्ण रा.प्रा.वि कमलपुर , विष्णु रा.प्रा.वि यदुकूहा , मर्दसा हनफीया गौसिया बतकतिया , मर्दसा दारुस्लाम अलसलफिया , रा.प्रा.वि ननुपट्टी , हनुमान रा.प्रा.वि हौवाही,बिलट किशुन प्रगतिशील रा.प्रा.वि हट्ठीपुर , रा.प्रा.वि धवौली , आधारभुत विद्यालय निमुवाटोल , रा.प्रा.वि यादवटोल धवौली , राष्ट्रिय अधारभुत वि.डुमरीया , रा.प्रा.वि गोठकोयलपुर नया र रा.प्रा.वि गोठकोयलपुर विद्यालयहरुमा रिङ्गवल ४ थान , स्किपिङ वल ४ , क्यारम बोर्ड सानो १, फुटबल १ थान आज वितरण गरियो । साथै प्रत्येक विधालयमा एक एक थान दराज समेत वितरण गरिएको जनाइएको छ ।

 

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नन्द कुमार झा र श्रोत व्यक्ति धनेश्वर यादव सहित शिक्षा समितिका सदस्य राजकुमार कर्मचार्य, विद्यालयका प्रअ प्रमोद यादव लगायत शिक्षक शिक्षिका र विद्यार्थीहरुको उपस्तिथि रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤