कमला बचाउ अभियान अन्तर्गत कमला नदी किनारमा वृक्षलाई बचाउने : मेयर बरबरिया

  • भदौ २५, २०७६
  • १९०१ पटक पढिएको
  • नरेश बर्ब्रिया
alt

भदौ २५ । कमला बचाउ अभियान अन्तर्गत कमला नदी किनारमा वृक्षलाई बचाउने : मेयर बरबरियामुलुककै कान्छो मेयर भनेर चिनिने धनुषाको शहिदनगर नगरपालिकाका मेयर उदय कुमार बरबरिया (यादव) ले घैटोमा पानी भरेर वृक्षलाई बचाउने प्रयास थालेका छन् । कमला बचाउ अभियान अन्तर्गत कमला नदी किनारमा रोपन गरिएको वृक्षलाई बचाउने वाचा गरेका मेयर बरबरियाले एकाविहानै आफ्ना टीमसँगै घैंटोमा पानी भरेर वृक्षलाई पानी हाल्ने गरेका छन् । मेयर बरबरियाले आफै पनि घैंटोमा पानी भरेर नयाँ रोपिएको रुख विरुवा बचाउनको लागि गरेको प्रयासलाई चौतर्फी सराहना र प्रशंसा गरिएको छ । सो क्रममा प्रदेश नं. २ वन निर्देशनालयका अधिकृत एवम् समाजसेवी तथा पर्यावरण अभियानी सुरेश शर्माले समाजिक सँजाल मार्फत मेयर बरबरियाको प्रशंसा गरेका छन् । उनले लेखेका छन् ग्रेट म्यान ग्रेट वर्क भन्दै उनको टीमलाई धन्यवाद समेत दिएका छन् । मेयर बरबरियाले नयाँ रोपिएको बोट विरुवा बचाउनको लागि विहानै घैंटोमा पानी भरेर पानी हाल्दै गरेको तस्विर उनका निकट एक जनाले समाजिक सँजाल फेसबुकमा हालेपछि तस्विर जनकपुर क्षेत्रमा भाईरल भएको हो ।

सोही क्रममा कमला बचाउ अभियानका अगुवा एवम् कमला बचाउ अभियानी विक्रम यादवले समेत उनको कार्यको प्रशंसा गरेका छन् । अभियानी यादवले फेसबुकमा - "कमला बचाउ अभियान ले ब्यापक्ता लिदै अभियान को पहलमा लगाईएको बिरुवा मा खडेरी भएको बाबजुद शहिदनगर नगरपालिका का मेयर उदय बरबरिया यादव ज्युको सराहनीय काम जय हो मेयर साहेब । जय कमला |" - भनेर लेखेका छन् । समाजिक सँजालमा तस्विर शेयर भएपछि यस विषयमा मेयर बरबरियाले कमला नदीको छर्कीमा रोपिएको वृक्ष बचाउने सौभाग्य अवसर आफूलाई प्राप्त भएको भन्दै उनले गाउँबाट आफ्ना टीमसँगै घैंटो, बोतल , कमण्ल, बाल्टिमा पानी भरेर वृक्षलाई पानी दिएको बताए । प्रत्येक शनिबार हुने कमला बचाउ अभियानको जागरण र वृक्षारोपन कार्यक्रम अन्तर्गत शहिदनगर नगरपालिकाको तर्फबाट वृक्ष सुरक्षाको लागि बाँसको घेराबार लगाइएको थियो भने अहिले विरुवा बचाउन गाउँबाट पानी ढुवानी गरी बचाउने प्रयास गरिरहेको बताए । पर्यावरण बचाउ तथा कमला नदीको कहरबाट नगरका जनतालाई जोगाउन कमला नदीको किनारमा घना रुपमा वृक्षारोपनको विकल्प नरहेको बताउँदै उनले हरियाली नगर र बाढीको उत्तम विकल्प वृक्ष लगानी नै रहेको औल्याए ।

 

प्रतिक्रिया दिनुहोस

एनआरएनए एनसीसी कतारक ...

रामएकवाल राम दोहा , कतार :- गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् कतारको ११ औ राष्ट्रिय एकत ...

कतारमा पत्रकार रामएक ...

दोहा, कतार - वैदेशिक रोजगारीसँगै दुई दशकदेखि पत्रकारितामा क्रियाशील सिराहाका पत्रकार रामएकवाल राम उत ...

लक्ष्मीपुर पतारी गाउ ...

ओम प्रकाश यादव लहान साउन १० । सिरहा जिल्लाको लक्ष्मीपुर पतारी गाउँपालिकाले विकास र सुशासनका क्ष ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१