ताजा समाचार

संविधान दिवसलाई कालो दिवसकै रुपमा मनाउने राज्यमन्त्री मण्डलको भनाई

  • भदौ २५, २०७६
  • ९२९ पटक पढिएको
  • सिराहा टाइम्स
alt

भाद्र २५ । राष्ट्रिय जनता पार्टी नेपालका सहमहामन्त्री एवं प्रदेश २ का उद्योग, पर्यटन, वन तथा वातावरणराज्यमन्त्रीले सुरेश मण्डलले संविधान दिवसलाई कालो दिवसकै रुपमा मनाउने बताएका छन् । प्रदेश २ मा राजपा र समाजवादी पार्टीको संयुक्त सरकार रहेको छ । यता, प्रदेश २ को मन्त्रिपरिषद्ले संविधान दिवसलाई उत्सवको रुपमा मनाउने निर्णय गरिसकेको छ । तर, सो निर्णयप्रति राजपाको असन्तुष्टि देखिएको छ । मन्त्रिपरिषद्को निर्णयविरुद्ध राजपाका मन्त्रीहरुले कालो दिवस मनाउने बताउँदै आएका छन् । राजपाको अध्यक्षमण्डलले संंविधान दिवसलाई विरोध दिवस मनाउने निर्णय गरेको छ । राज्यमन्त्री मण्डलले संविधानमा रहेका त्रुटिहरु नसच्याएसम्म राजपाले संविधान दिवसलाई उत्सवको रुपमा मनाउन नसकिने  ।

संविधानले दिएअनुसारका सबै सुखसुविधा पनि लिने, मन्त्री बन्ने, भत्ता लिने तर संविधानलाई विरोध गर्ने भन्ने प्रश्नमा राज्यमन्त्रीले भने, ‘यो संविधान मधेशी जनताको रगतबाट लेखिएको हो । मधेशमा राज्यले मधेशीको हत्या गर्दै यो संविधान जारी गरेको हो ।’ उनी भन्छन्, ‘हामीले पूरै संविधान खराब छ भनेका छैनौं । हामी संविधान पुनर्लेखन होइन, संशोधन भनेका छौं । यो संविधानमा मधेश आन्दोलनकै बलमा संघीयता, समानुपातिक समावेशिता लगायतका मुद्दाहरु छन् । तसर्थ, मधेशी लगायत उत्पीडित समुदायहरुको धेरै अधिकारहरु अझ पनि कटौती गरिएको हो, त्यसकै लागि हाम्रो विरोध छ ।’ ‘मधेशी जनताको भावना, शहीदको सम्मानका लागि पनि हामीले यो संविधानलाई उत्सवको रुपमा मनाउन सक्दैनौं,’ उनले संविधान दिवसलाई देशभरिकै जनताले मनाउने गरी सर्वस्वीकार्यताका लागि विरोध गर्दै आएको बताएका छन् । संविधानमा राम्रा कुराहरुको संरक्षण र थप अधिकार प्राप्तिका लागि विरोध गरिरहेको राज्यमन्त्री मण्डलको तर्क छ ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤