संविधान दिवसलाई कालो दिवसकै रुपमा मनाउने राज्यमन्त्री मण्डलको भनाई

  • भदौ २५, २०७६
  • ७६४ पटक पढिएको
  • सिराहा टाइम्स
alt

भाद्र २५ । राष्ट्रिय जनता पार्टी नेपालका सहमहामन्त्री एवं प्रदेश २ का उद्योग, पर्यटन, वन तथा वातावरणराज्यमन्त्रीले सुरेश मण्डलले संविधान दिवसलाई कालो दिवसकै रुपमा मनाउने बताएका छन् । प्रदेश २ मा राजपा र समाजवादी पार्टीको संयुक्त सरकार रहेको छ । यता, प्रदेश २ को मन्त्रिपरिषद्ले संविधान दिवसलाई उत्सवको रुपमा मनाउने निर्णय गरिसकेको छ । तर, सो निर्णयप्रति राजपाको असन्तुष्टि देखिएको छ । मन्त्रिपरिषद्को निर्णयविरुद्ध राजपाका मन्त्रीहरुले कालो दिवस मनाउने बताउँदै आएका छन् । राजपाको अध्यक्षमण्डलले संंविधान दिवसलाई विरोध दिवस मनाउने निर्णय गरेको छ । राज्यमन्त्री मण्डलले संविधानमा रहेका त्रुटिहरु नसच्याएसम्म राजपाले संविधान दिवसलाई उत्सवको रुपमा मनाउन नसकिने  ।

संविधानले दिएअनुसारका सबै सुखसुविधा पनि लिने, मन्त्री बन्ने, भत्ता लिने तर संविधानलाई विरोध गर्ने भन्ने प्रश्नमा राज्यमन्त्रीले भने, ‘यो संविधान मधेशी जनताको रगतबाट लेखिएको हो । मधेशमा राज्यले मधेशीको हत्या गर्दै यो संविधान जारी गरेको हो ।’ उनी भन्छन्, ‘हामीले पूरै संविधान खराब छ भनेका छैनौं । हामी संविधान पुनर्लेखन होइन, संशोधन भनेका छौं । यो संविधानमा मधेश आन्दोलनकै बलमा संघीयता, समानुपातिक समावेशिता लगायतका मुद्दाहरु छन् । तसर्थ, मधेशी लगायत उत्पीडित समुदायहरुको धेरै अधिकारहरु अझ पनि कटौती गरिएको हो, त्यसकै लागि हाम्रो विरोध छ ।’ ‘मधेशी जनताको भावना, शहीदको सम्मानका लागि पनि हामीले यो संविधानलाई उत्सवको रुपमा मनाउन सक्दैनौं,’ उनले संविधान दिवसलाई देशभरिकै जनताले मनाउने गरी सर्वस्वीकार्यताका लागि विरोध गर्दै आएको बताएका छन् । संविधानमा राम्रा कुराहरुको संरक्षण र थप अधिकार प्राप्तिका लागि विरोध गरिरहेको राज्यमन्त्री मण्डलको तर्क छ ।

प्रतिक्रिया दिनुहोस

शिक्षा बन्द, सरकार च ...

दिलीप कुमार यादव सप्तरी रुपनी, वैशाख ७। देशमा शिक्षाको संकट झनै भयावह बन्दै गएको छ । सरकार मन्त्रीहर ...

प्रादेशिक अस्पताल सि ...

    नरेशचन्द्र बरबरिया सिरहा बैशाख  ६ । सदरमुकाम सिरहा स्थित प्रादेशिक अस् ...

मिटरब्याज विरुद्ध कि ...

सिरहाटाइम्स लहान वैशाख ६ । मिटरब्याज विरुद्ध किसन मजदुर आन्दोलन, नेपाल मिथिला कमाण्ड सिरहा जिल्ला सम ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१