ताजा समाचार

अपहरण गरी बन्धक बनाई राखेको अभियोगमा पक्राउ

  • भदौ २३, २०७६
  • ९९३ पटक पढिएको
  • सिराहा टाइम्स
alt

काठमाडौं २३ भदौ । काठमाडौं तार्केश्‍वर नगरपालिका-५ फुटुङ बस्ने नुवाकोट दुप्चेश्‍वर गाउँपालिका-१ घर भएका २३ वर्षीय पेम्बा तामाङलाई अपहरण गरी बन्धक बनाएको अभियोगमा ७ जनालाई शनिबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा काठमाडौं ईचंगु बस्ने सिन्धुली घ्याङ्ले गाउँपालिका-२ का ४२ वर्षीय पूर्णबहादुर वाईवा, काठमाडौं महानगरपालिका-१३ बाफल बस्ने ५३ वर्षीय राजु खड्गी, काठमाडौं कलंकी बस्ने रसुवा गोसाईकुण्ड गाउँपालिका-९ का ४१ वर्षीय पाल्साङ तामाङ, काठमाडौं जमल बस्ने रामेछाप दोरम्बा गाउँपालिका-७ का ३२ वर्षीय लिला थापा मगर, भक्तपुर सूर्यविनायक बस्ने रामेछाप दोरम्बा गाउँपालिका-७ का ३१ वर्षीय शिवराम थापा मगर, काठमाडौं टोखा बस्ने सुनसरी महेन्द्रनगर नगरपालिका-७ का ३९ वर्षीय राजेश गुरुङ र रसुवा थुमान गाउँपालिका-९ का ३५ वर्षीय जिस घले रहेका छन् ।

काठमाडौं महानगरपालिका-१४ कलंकी मकालु पेट्रोल पम्पको नजिकबाट शनिबार बिहान पेम्बा तामाङलाई केही मानिसहरुले गाडीमा लिई गएको भन्ने खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले खोजतलास तथा अनुसन्धान गर्ने क्रममा काठमाडौं महानगरपालिका-१५ छाउनीस्थित ३३ वर्षीय अर्जुन लामाको घरमा निज पेम्बा र उनीहरुलाई फेला पारी नियन्त्रणमा लिएको हो । साथै अपहरित पेम्बा तामाङ समेतले ठगी गरेको बुझिन आएको हुँदा निजलाई ठगी मुद्धा तथा अन्य ७ जनालाई अपहरण तथा शरिर बन्धक मुद्धामा थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी वृत्त कालिमाटीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤