रहमुल, सिरहा, ३१ भदौ । सिरहामा प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजा जस्तो देखिने पदार्थ बरामद गरेको छ। प्रहरीले चोहर्वाबाट सिरहातर्फ आउँदै गरेको एम्बुलेन्सबाट १०५ किलो ग्राम गाँजा जस्तो देखिने पदार्थ बरामद गरेको हो। जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार मंगलबार राति करिब ८ बजे चोहर्वातर्फबाट ज १ च १२१३ नम्बरको एम्बुलेन्समा लागूऔषध गाँजा लोड गरी सिरहातर्फ ल्याउँदै गरेको भन्ने गोप्य सूचना प्राप्त भएको थियो।
सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको प्रहरी टोलीले उक्त एम्बुलेन्सलाई पछ्याउँदै गएको थियो। प्रहरीको टोली पछ्याउँदै जाने क्रममा सिरहा नगरपालिका–१ स्थित हुलाकी सडकखण्डमा पुगेपछि एम्बुलेन्स चालकले सवारीसाधन छाडेर फरार भएको प्रहरीले जनाएको छ। त्यसपछि प्रहरीले एम्बुलेन्स नियन्त्रणमा लिई चेकजाँच गर्दा एम्बुलेन्सभित्र जुटका ५ वटा बोरा फेला परेको थियो। ती बोराभित्र रहेको पदार्थ गाँजा जस्तो देखिएपछि प्रहरीले बरामद गरी तौल गर्दा १०५ किलो ग्राम रहेको जनाएको छ। बरामद पदार्थसहित एम्बुलेन्सलाई जिल्ला प्रहरी कार्यालय सिरहामा ल्याई आवश्यक अनुसन्धान अघि बढाइएको छ।
प्रहरीले फरार रहेका एम्बुलेन्स चालकको पहिचान तथा खोजतलास गरिरहेको जनाएको छ। प्रहरीका अनुसार बरामद पदार्थको थप परीक्षण तथा अनुसन्धानबाट यसको वास्तविक प्रकृति र घटनामा संलग्न व्यक्तिहरूबारे थप तथ्य खुल्नेछ। एम्बुलेन्सको प्रयोग गरी ठूलो परिमाणमा लागूऔषध ओसारपसार गर्न खोजिएको हुन सक्ने भएकाले प्रहरीले घटनालाई गम्भीर रूपमा लिएर अनुसन्धान अघि बढाएको छ।
प्रतिक्रिया दिनुहोस
सखुवानन्कारकट्टीमा जसपा नेतृत्व हस्तान्तरण, पूर्व अध्यक्ष नागेन्द्र यादवद्वारा कार्यालयको साँचो र कागजात बुझाइयो
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2026 - Sirahatimes.com All rights reserved
Website By : Hash Tech Logic