ताजा समाचार

सिरहामा भ्यानक बस दुर्घटना : दर्जनै घाईते

  • भदौ २३, २०७६
  • १९८२ पटक पढिएको
  • सिराहा टाइम्स
alt

महेश सिंह - सिरहा २३ भदौ । सिरहामा यात्रुबाहक बस दुर्घटना हुँदा दर्जनै यात्रु घाईते भएका छन् । जिल्ला प्रहरी कार्यालय सिरहाको अनुसार पूर्व पश्चिम राजमार्ग अन्तर्गत सिरहाको परयागपुर स्थित यात्रुवाहक बस दुर्घटना हुँदा दर्जन नौ घाईते भएका छन् । पूर्व पश्चिम राजमार्ग अन्तर्गत काँकभिट्टा बाट काठमान्डौं जादै गरेको ना ५ ख ५२३४ नम्बरको यात्रुबाहक बस अनियन्त्रित भई दुर्घटना भएको हो । काठमान्डौं जादै गरेको शुभ बिहानी नामक बस दुर्घटनामा परेका छन । ईलाका प्रहरी कार्यालय मिर्चैया र कर्जन्हाबाट खटिएको प्रहरी टोलीले घाईतेहरुलाई उपचारको लागि स्थानीय अस्पतालमा लगिएको हो । दुर्घटनामा परी दुई जना गम्भिर घाईते भएको जिल्ला प्रहरी कार्यालय सिरहाले बताएका हुन । नाम खुल्न नसकेको दुवै जनाको टाउको र छातीमा गम्भिर चोट लागेको प्रारम्भिक जानकारी दिइएको छ।घाईते भएका करिब दुई दर्जन यात्रुहरुको स्थानीय स्तरको विभिन्न अस्पताल तथा क्लीनिकहरुमा उपचार भईरहेको प्रहरीले जानकारी दिनु भयो ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤