Siraha Times
ताजा समाचार

ब्राउन सुगर जस्तो देखिने पदार्थसहित सिरहामा चार जना पक्राउ

  • भदौ २५, २०८३
  • ३१४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

ओम प्रकाश यादव लहान भदौ २५ । सिरहाको मिर्चैया नगरपालिका–१२ सिक्रोनबाट लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थसहित चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। मिति २०८३ साल भदौ २४ गते राति करिब ९:३० बजे लागूऔषध कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय मिर्चैया र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय गोलबजार सिरहाबाट खटिएको संयुक्त प्रहरी टोलीले चार जनालाई नियन्त्रणमा लिएको हो।

प्रहरी टोलीले मिर्चैया नगरपालिका–१२ स्थित सिक्रोन नहरमा शंकास्पद अवस्थामा रहेका उनीहरूलाई नियन्त्रणमा लिएर चेकजाँच गरेको थियो। चेकजाँचका क्रममा मिर्चैया नगरपालिका–१२ सिक्रोन निवासी २४ वर्षीय दीपक सहनीले लगाएको जिन्स पाइन्टको बायाँ खल्तीमा लुकाइछिपाइ राखेको सानो स्टिलको बट्टामा ब्राउन सुगर जस्तो देखिने पदार्थ फेला परेको प्रहरीले जनाएको छ।बरामद गरिएको उक्त पदार्थ बट्टासहित तौल गर्दा १५ ग्राम २२० मिलिग्राम रहेको र बट्टाबाहेक पदार्थको तौल ८ ग्राम ५६० मिलिग्राम रहेको प्रहरीले जनाएको छ।

घटनास्थलबाट प्रहरीले चार थान मोबाइल फोन र नगद २ हजार ५ सय रुपैयाँ समेत बरामद गरेको छ।लागूऔषध जस्तो देखिने पदार्थसहित नियन्त्रणमा लिइएकाहरूमा मिर्चैया नगरपालिका–१२ सिक्रोन निवासी २४ वर्षीय दीपक सहनी, २० वर्षीय सुनिल कापर, २५ वर्षीय सरोज कापर र २२ वर्षीय पप्पु कापर रहेका छन्।

नियन्त्रणमा लिइएका चारै जनालाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय मिर्चैया सिरहामा राखिएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक रमेश बहादुर पालले जानकारी दिएका छन्।

प्रतिक्रिया दिनुहोस

सवारी धनी बर्तौला वि ...

रंजित चौरसिया वीरगंज २४ भदौ । यातायात व्यवस्था कार्यालय वीरगंजका सहायक शाखा अधिकृत रामसुन्दर महतोले ...

खडकमा युवाहरूको दीप ...

सप्तरी, भदौ २४। भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा ज्यान गुमाएका वीर शहीदहरूको सम्मान तथा सम्झन ...

जलवायु परिवर्तनविरुद ...

रहमुल, सिरहा, २४ भदौ । जलवायु परिवर्तनका कारण कृषि क्षेत्रमा बढ्दै गएको चुनौती तथा हानिकारक कृषि अभ् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१