ताजा समाचार

कृषिमंत्री साहद्वारा सप्तरीमा साईंकल बितरण

  • भदौ १७, २०७६
  • १४१५ पटक पढिएको
  • सिराहा टाइम्स
alt

राजविराज,भदौ १७ गते । प्रदेश नम्बर २ का भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले सप्तरीको दूई विद्यालयका छात्रालाई साईकल वितरण गरेका छन् । सप्तरीको राजगढ गाउपालिका— ३ स्थित श्री जनता शंकर माध्यमिक विद्यालय नर्घो र श्री मावि वनिनियाको कक्षा ८ मा अध्ययनरत सबै छात्रालाई सोमवार मन्त्री साहले एक कार्यक्रम विच साईकल हस्तान्तरण गरेको हो । कार्यक्रममा बोल्दै मन्त्री साहले विभिन्न आन्दोलनको उपलब्धीबाट राजनीतिक परिवर्तन भएपनि सामाजिक परिवर्तन हुन नसकेकाले वर्तमान परिवेशमा विकृति भइरहेकोले शिक्षा क्षेत्रलाई नै परिवर्तन गर्न सके मात्र समाज परिवर्तन हुने बताए ।

साइकल वितरण समारोहलाई सम्बोधन गर्दै मन्त्री साहले छात्राहरुको प्रोत्साहनका लागि प्रदेश भित्र रहेका सम्पुर्ण विद्यालयमा साइकल वितरण अभियान सञ्चालन गरिने बताए । सप्तरीका आधा दर्जन विद्यालयमा एक हजार पाँच सय छात्राहरुलाई साइकल वितरण गरिसकेको जानकारी दिए ।छात्राहरुलाई छात्र सरह सामान अवसर यसै वर्षदेखि प्रत्येक पालिकामा लोकसेवा तयारीका लागी निःशुल्क कोचिग सञ्चालन गर्न लागेको जानकारी दिदै उनले छोरीलाई शिक्षा दिन कै लागी प्रदेश सरकारले बिमा गर्ने व्यवस्थापन कार्यमा लागेको वताए । साइकल वितरण समारोहमा मन्त्री साहले प्रदेशको ८ वटै जिल्लामा ८० प्रतिशत कृषि पेशाबाटै आफ्नो जिविकापार्जन गरिरहेकाले कृषिलाई आत्मनिर्भर भएमा मात्र प्रदेशको समृद्धि हुने बताए । यहाँका किसानहरु पौराणिकमै आधारित रही खेती गरिहेकाले त्यसबाट कुनै उपलब्धी नभएकाले अब आधुनिक वैज्ञानिक प्रविधिद्वारा व्यवसायीक खेती गर्नुपर्नेमा जोड दिए । कृषि उत्पादन बढाउनका लागि बजारीकरण, शित भण्डारण, आपजोन लगायत विभिन्न योजनाहरु यस वर्षमा सञ्चालन हुने बताए । सोही कार्यक्रममा प्रतिनिधि सभा सदस्य चन्द्रकान्त चौधरीले सामुदायिक विद्यालयमा पाउने निःशुल्क शिक्षा प्रति आकर्षण बढाउन शिक्षक, अभिभावक एवं सरोकारका व्यक्तिले अह्म भूमिका खेल्नुपर्ने बताए । सामुदायिक विद्यालयमा पढेका, लेखेकाहरु अहिले माननीय, मन्त्री, लगायत उच्च पदमा पुगेको उदाहरण दिदै सामुदायिक विद्यालयको शैक्षिक स्तर बढ्नु पर्नेमा जोड दिनको लागि संसदीय कोषको बजेटबाट सहयोग गर्ने प्रतिबद्धता गरे । त्यस्तै प्रदेश सभा सदस्य विदेश्वर यादवले बेटी पढाउ, बेटी बचाउ अभियान अन्तर्गत प्रोत्साह स्वरुप साइकल वितरण भइरहेको कार्यक्रमको प्रशंसा गर्दै उहाँले यसले छोराछोरीबीचको विभेदलाई न्यूनीकरणमा सहयोग पुग्ने बताए । साईकल वितरण कार्यक्रममा राजगढ गाउँपालिका अध्यक्ष परमान्नद यादव समाजवादी पार्टीका नेतृ सुनिता साह , प्रदेशका मुख्य सचिव शम्भु झा , जिल्ल इन्चार्ज सत्यनारायण यादव जिल्ला अध्यक्ष केदार यादव , राजपाका विद्यार्थी नेता शम्भु यादव लगायतले मनतव्य राखेका थिए भने ।

सो कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरु, वडा अध्यक्षहरु, विष्णुपुर गाउँपालिका वडा नम्बर ४ तथा सेभ द सप्तरीका पवन यादव लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤