ताजा समाचार

मुख्यमन्त्री राउत दुवारा सिरहाका ४ सय ६२ विद्यार्थीहरु पाए साईकल

  • भदौ १६, २०७६
  • १९५५ पटक पढिएको
  • सिराहा टाइम्स
alt

महेश सिंह ,सिरहा १६ भदौ । प्रदेश नं.२ का मुख्यमन्त्री लालबाबु राउतले अभियान अन्तर्गत आईतबार सिरहा स्थित ५ वटा माध्यमिक स्तरका विद्यालयमा ४ सय ६२ वटा साईकल वितरण गरेको हो । वितरण गर्ने क्रममा सिरहा लहान नगरपालिकामा ३ स्थित रहेको लक्ष्मण ललिता मा.वि.मा १०३, त्यसै गरि,सुखीपुर नगरपालिक वडा नं.२ को जनता मा.वि.मा ५७, नरहा गाउँपालिकामा रहको जनात वन मा.वि मा ११२ र मिर्चैया नगरपालिका वडा नं.५ स्थित मोहन माध्यमिक(प्रा.आ) विद्यालय मा १ सय १३ वटा र मिर्चैया नगरपालिका वडा नं.७ मा रहेको बाबुजी राय जुनाई ठाकुर मा.वि.फुलवरीयामा ७७ वटा गरी कक्षा ८ मा अध्ययनरत छात्राहरुलाई साईकल वितरण गरिएको हो । प्रदेश नं.२ का मुख्यमन्त्री लालबाबु राउतले अभियान अन्तर्गत आईतबार सिरहा स्थित ५ वटा माध्यमिक स्तरका विद्यालयमा ४ सय ६२ वटा साईकल वितरण गरेको हो। वितरण गर्ने क्रममा सिरहा जिल्लाको लहान नगरपालिकामा रहेका लक्ष्मण ललिता मा.वि.मा १०३, त्यसै गरि,सुखीपुर नगरपालिक वडा नं.२ छजनामा रहेका राष्ट्रिय जनता मा.वि.मा ५७, नरहा गाउँपालिकामा रहको जनात वन मा.वि मा ११२ र मिर्चैया नगरपालिका वडा नं.५ स्थित मोहन माध्यमिक विद्यालय मा १ सय १३ वटा र मिर्चैया नगरपालिका वडा नं.७ मा रहेको बाबुजी राय जुनाई ठाकुर मा.वि.फुलवरीयामा ७७ वटा गरी कक्षा ८ मा अध्ययनरत रहेका छात्राहरुलाई साईकल वितरण गरिएको हो । साईकल वितरण कार्यक्रममा मुख्यमन्त्री राउतले यसै गत आर्थिक वर्ष २०७५÷२०७६ मा १४ हजार साईकल वितरण गरेका छन् । उनले महिला र पुरुषबीच रहेका भेदभाव अन्त्य भए मात्रै मुलुक समृद्ध हुने बताए । मुख्यमन्त्री राउतले प्रदेशमा रहेको बेटीहरुको लागि यस्ता विभिन्न प्रकारका थप कार्यक्रमहरु ल्याउने प्रतिवद्धता जनाएका हुन । कार्यक्रममा समाजवादी पार्टि का लहान नगर प्रमुख दिनेश महतो, युवा नेता राम चलितर महतो , ललित महतो , ग्यान महतो , राज कुमार गुप्ता ,परियाग लाल यादव नेत्री ललित दास जिल्ला अध्यक्ष अशोक यादव , राम उदगार महतो लगातका युवा नेताहरुको उपस्थिति रहेको थियोे ।उनले महिलालाई शक्तिकरण गर्नुपर्ने समेत बताए । उनले महिला शिक्षित नभएसम्म प्रदेश शिक्षित नहुने धारण राखे । कार्यक्रममा प्रमुख अतिथिको रुपमा प्रदेश नं.२ का मुख्यमन्त्री लालबाबु राउतको उपस्थिति रहेको थियो । त्यस्तै, कार्यक्रममा बिशिष्ट अतिथिको रुपमा सिरहा निर्वाचन क्षेत्र नं.४ को ‘क’ प्रदेशसभाका सांसद दिलिप साह,समाजवादी पार्टि नेपाल प्रदेश नं. २ प्रदेश सदस्य र सिरहा जिल्लाका सह–ईन्चार्ज विष्णु साह, मिर्चैया नगरपालिकाका उपमेयर जिवछी देवि साह,मिर्चैया नगरपालिकाका प्रशासकीय अधिकृत राजेन्द पैडेल, ,समाजवादी पार्टि नेपालका केन्दी महिला अध्यक्ष निर्माला यादब,अतिथिको रुपमा इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी निरीक्षक दिनेश गौतम, नगरका विभिन्न वडाका वडाध्यक्षहरु लगायत सम्बन्धित विद्यालयका प्रधानाध्यापक, शिक्षक, विद्यार्थी, अभिभाव, विभिन्न राजनीतिक दलका प्रतिनिधी, बुद्धिजिवी, समाजसेवी,नगरवासी,संचारकर्मीहरुको सहभागिता रहेको लक्ष्मन ललिता माध्यमिक बिध्यालयका शिक्षक श्यामसुन्दर महतोले जानकारी दिनु भयो ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤