ताजा समाचार

नक्कली भिषाकार्डको प्रयोग गरी एटिएम बुथबाट पैसा निकाल्ने कार्यमा संलग्न ५ जना चिनियाँ नागरिक पक्राउ

  • भदौ १५, २०७६
  • ८६५ पटक पढिएको
  • सिराहा टाइम्स
alt

काठमाडौं, १५ भदौ । नक्कली भिषाकार्ड प्रयोगबाट विभिन्न बैंकहरुको डाटा ह्याक गरी एटिएम बुथबाट करोडौं रकम निकाल्ने कार्यमा संलग्न ५ जना चिनियाँ नागरिकलाई शनिबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा चिनियाँ नागरिकहरु राहदानी नम्बर ई ३२३७७७१३ वाहक Lin Jianmeng, राहदानी नम्बर ई ०९५५२६३७४ वाहक Luo Jialei, राहदानी नम्बर ईसी १९३७५५८ वाहक Zhu Liangang, राहदानी नम्बर ईएच ०२७७६५०वाहक Qiu Yunqing र राहदानी नम्बर ई ८९०५६८२५ वाहक Chen Bin Bin रहेका छन् । उनीहरुबाट १ करोड २६ लाख २९ हजार ४५ नेपाली रुपैयाँ, ९ हजार १ सय ८ अमेरिकी डलर, १ हजार १ सय ९१ चिनियाँ युआन, २ सय ५० युरो, ५ हजार क्याम्बोडियन मुद्रा, ८० हङकङ डलर, नक्कली भिषाकार्ड १ सय ३२ थान, सक्कली भिषाकार्ड १७ थान, कार्ड प्रिन्टर मेसिन १ थान, मोबाइल ६ थान, ल्यापटप १ थान, डाटा कार्ड १ थान बरामद भएको छ ।

काठमाडौं उपत्यकाका एटिएम बुथमा विदेशी मुलका जस्ता देखिने व्यक्तिहरूले शंकास्पद गतिविधि गरिरहेको भन्ने विशेष सूचनाको आधारमा महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले काठमाडौं दरबारमार्गस्थित नबिल बैंकको एटिएम बुथबाट पैसा निकालीरहेको अवस्थामा उनीहरुमध्येका Zhu Liangang लाई फेला पारी सोधपुछ गर्ने क्रममा उनको साथबाट २० थान नक्कली भिषाकार्ड फेला परेको थियो । तत्काल उनी बस्ने हात्तिसारस्थित माया मनोहर वुटिक होटलको कोठा नम्बर २०१, ६०२ र ६०४ मा खानतलासी गर्ने क्रममा कोठाबाट लिफ्ट हुँदै भाग्दै गरेको अवस्थामा उक्त सामान सहित अन्य ४ जनालाई समेत प्रहरीले फेला पारी पक्राउ गरेको हो । उनीहरु भदौ १३ गते चीनबाट अन्तर्राष्ट्रिय विमानस्थल प्रवेश गरेको, भदौ १६ गते फर्कने योजनामा रहेको तथा विदेशमा योजना बनाई विदाको दिन पारेर यस्ता काम गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको सो परिसरले जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤