कमला बचाउ अभियान अन्तर्गत ५०० वृक्षारोपण

  • भदौ १४, २०७६
  • ७५७ पटक पढिएको
  • सिराहा टाइम्स
alt

जनकपुर भदौ १४ । कमला बचाउ सप्ताहिक अभियान अन्तर्गत आज धनुषाको शाहिदनगर नगरपालिका वडा नं. २ मा वृक्षारोपण गरिएको छ । कमला नदीको तटमा बतराही कमलपुर देखि रामघाट सम्म ५०० विभिन्न प्रजातिको बिरुवाहरु घेराबेरा सहित लगाईएको छ । कमला बचाउ अभियानका संयोजक बिक्रम यादवको पहलमा भएको सो कार्यक्रममा बन पर्यटन मन्त्रालयका सचिब नवराज काफ्लेलाई सम्मानित समेत गरिएको छ । शहिदनगर नगरपालिकाका नगर प्रमुख उदय कुमार बरबरियाको अध्यक्षतामा भएको सो कार्यक्रममा नेकपा जिल्ला ईन्चार्ज श्रवन बरबरिया यादब प्रमुख आतिथ्य रहेको थियो । बन पर्यटन सचिब नवराज काफ्ले विशेष उपस्थिति एवम भारत बिहारका कमला अभियानी रामनाथ सिंह , बिनोद कुमारको समूह , शहिदनगर नगरपालिकाका कार्यकारी अधिकृत नन्द कुमार झा , बन अधिकृत राजेन्द्र कर्ण , ई प्र का यदुकुहा प्रहरी ईन्चार्ज दिपकबाबु के सि , जएमाबीका बरिष्ठ शिक्षक प्रदिप साह , शिक्षिका लक्ष्मी महतो , वडा अध्यक्ष तेजिलाल यादव , कमला अभियानी सुरेन्द्र यादव , बिनोद महरा,श्रीप्रसाद यादव,राजकिशोर सल्हैता,बिरेन्द्र यादव कमला नजिकका समाजसेवी बुद्धिजीवी लगायत स्थानीयहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

सितापुर स्वास्थ्य चौ ...

लहान कात्तिक १८ । लक्ष्मीपुर पतारी ६ स्थित सितापुर प्र.ध. का स्वास्थ्य चौकीभित्र सेवा लिन आउने बिराम ...

सुखिपुर ८ महदेवाको स ...

शम्भु चौधरी लहान, १८ कार्तिक । सुखिपुर नगरपालिका ८ महदेवा गाउँमा समा चकेवा महोत्सव २०८२ को तयारी पुर ...

सखुवान्नकारकट्टीमा ५ ...

लहान, १८ कार्तिक । सखुवान्नकारकटटी गाउँपालिका स्थित मनेलाल माध्यमिक विद्यालय, सोठियाइनमा आज एक विशेष ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१