Siraha Times
ताजा समाचार

NIC एशिया बैंकले ल्याईयो गजबको चमत्कारिक योजना

  • भदौ १४, २०७६
  • ९९४ पटक पढिएको
  • सिराहा टाइम्स
alt

महेश सिंह ,सिरहा , १४ भदौ ।  सिरहाको लहानमा एनआईसी एशिया बैंकले शुक्रबार आफ्नो २२ औं वार्षिकोत्सव मुलुक भर प्रतेक साखा कार्यालयहरुले भबियताको साथ मनाएको छ । सो अवसरमा ३० विशेषतायुक्त नयाँ सुपर चमत्कारिक बचत निक्षेप योजनाहरु सार्वजनिक गरेका छन् । बैंकले देशभर २ सय ९७ शाखा कार्यालय, ३ सय ४६ एटीएम, ५८ वटा एक्स्टेन्सन काउण्टर तथा ४१ वटा शाखारहित बैंकिङमार्फत सेवा प्रदान गर्ने प्रबन्धक जितेन्द्र साहले बताए । अघिल्लो पटकको चमत्कारिक निक्षेप योजनाको सफलतापछि बैंकले सुपर चमत्कारिक बचत योजना सञ्चालनमा ल्याएको हो । शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरी बैंकले यस्तो कुराहरु सार्बजनिक गरेका हुन । बैंकले भिभिन तह र तप्काका ग्राहकहरुका लागि सुपर चमत्कारिक जेष्ठ नागरिक बचत खाता, सुपर चमत्कारिक बाबु नानी बचत खाता, सुपर चमत्कारिक विद्यार्थी बचत खाता, सुपर चमत्कारिक स्वरोजगार बचत खाता, सुपर चमत्कारिक वैदेशिक रोजगार बचत खाता, सुपर चमत्कारिक उद्यमशील बचत खाता, उपयुक्त सुपर चमत्कारिक बचत खाता, सुपर चमत्कारिक नारी बचत खाता, सुपर चमत्कारिक तलब बचत खाताले आम जनमानसको बचत गर्ने बानीलाई थप प्रोत्साहन गर्ने र बचतको उचित प्रतिफल प्राप्त गर्ने बैंकका लहान शाखाका प्रबन्धक जितेन्द्र कुमार साहले बताए।बैंकका निक्षेप योजनाहरुमा ग्राहकले आफू तथा आफ्नो परिवारको सुरक्षार्थ १ करोड ३१ लाख ५० हजार रुपैयाँसम्मको बीमा सुविधा प्राप्त गर्न सक्ने उनले बताए । जसअन्तर्गत परिवारका सम्पूर्ण सदस्यहरुले दुर्घटनाबाट मृत्यु वा पूर्ण अशक्तताका लागि १ करोड रुपैयाँसम्मको बीमा सुविधा, दम्पत्तिका लागि २५ घातक रोगहरुका लागि ३० लाख रुपैयाँसम्मको बीमा सुविधा, परिवारका लागि १ लाख ५० हजार रुपैयाँसम्मको औषधी उपचार बीमा सुविधाहरु दिने गरेको छ । साथै उक्त योजना अन्तर्गत बैंकका ग्राहकहरुले देशभरका कुनैपनि बैंकको कुनै पनि एटीएमबाट निःशुल्क रुपमा रकम निकाल्न सक्नुका साथै कर्जामा समेत विशेष छुटका तथा घरमै बैंकिङ्ग सुविधा प्राप्त गर्न सक्ने, निःशुल्क डिम्याट खाता खोल्ने, निःशुल्क ई–कमर्श एक्टिभेसन,निःशुल्क लकर सुविधा,अनलाइन मुद्दती खाताको सुविधा, निःशुल्क क्रेडिट कार्डको सुविधाहरु योजनाले समेटिका हुन । सार्वजनिक गरेको निक्षेप योजनाहरुमा पृथक स्वीप इन–स्वीप आउटको सुविधाबाट बचत खातामा मुद्दती खाताकै सुविधाहरु पाइनेछ । यस योजनाले देशका सबै क्षेत्रका ग्राहकवर्गलाई फाइदा हुने बैंकका प्रबन्धक साहले विश्वास दिलाउनु भयो ।

 

प्रतिक्रिया दिनुहोस

सरस्वती नदीको उद्गगम ...

विनोद अविरल,लहान, साउन ३१ । सिराहा जिल्लाको लहान नगरपालिका–१३, गणेशपुरस्थित धार्मिक, सांस्कृति ...

एक महिलाले सुरु गरेक ...

लहान साउन ३१ । परिवर्तनका लागि सधैं ठूलो बजेट, ठूलो संस्था वा ठूलो अभियान चाहिँदैन। कहिलेकाहीँ एउटा ...

कृष्णनगर भन्सारले वा ...

कपिलवस्तु, साउन ३१ ।  लुम्बिनी प्रदेशको कपिलवस्तु जिल्लाको ठूलो  भन्सार नाका कृष्णनगर भन्स ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१