Siraha Times
ताजा समाचार

सखुवानन्कारकट्टीमा सर्वदलीय, सर्वपक्षीय शान्ति तथा सामाजिक सद्भाव र्‍याली सम्पन्न

  • साउन १८, २०८३
  • ४३४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान साउन १८ | सिरहाको सखुवानन्कारकट्टी गाउँपालिकाको आयोजनामा सामाजिक सद्भाव, धार्मिक सहिष्णुता, शान्ति र राष्ट्रिय एकताको सन्देश प्रवाह गर्ने उद्देश्यले २०८३ साल साउन १८ गते सोमबार सर्वदलीय, सर्वपक्षीय शान्ति तथा सामाजिक सद्भाव र्‍याली भव्य रूपमा सम्पन्न भएको छ।

गाउँपालिका अध्यक्ष केदार नाथ यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि, जनप्रतिनिधि, समाजसेवी, बुद्धिजीवी, नागरिक समाजका अगुवा, विभिन्न जातजाति तथा समुदायका प्रतिनिधि, हिन्दू, मुस्लिम, सिख, इसाई लगायत विभिन्न धर्मका धर्मगुरु तथा स्थानीय सर्वसाधारणको सहभागिता रहेको थियो। कार्यक्रम गाउँपालिकाको महेश्वरी चोकबाट सुरु भएको र्‍यालीका सहभागीहरूले सामाजिक एकता, धार्मिक सहिष्णुता तथा आपसी भाइचाराको सन्देश बोकेका प्लेकार्ड र ब्यानर प्रदर्शन गर्दै खैरवोना चोकसम्म पदयात्रा गरेका थिए।

र्‍यालीभरि सहभागीहरूले "हिन्दू, मुस्लिम, सिख, इसाई—कोही छैन पराइ", "सामाजिक सद्भाव कायम गरौं", "धार्मिक सहिष्णुता हाम्रो पहिचान" तथा "एकता, शान्ति र सद्भाव कायम गरौं" लगायतका नाराहरू घन्काएका थिए। र्‍याली सम्पन्न भएपछि खैरवोना चोकमा आयोजित कोणसभामा वक्ताहरूले नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक तथा बहुसांस्कृतिक मुलुक भएकाले विविधतालाई सम्मान गर्दै आपसी विश्वास, सहिष्णुता र सद्भावलाई अझ सुदृढ बनाउन सबै पक्ष एकजुट हुनुपर्नेमा जोड दिएका थिए।

उनीहरूले कुनै पनि प्रकारको धार्मिक, जातीय वा साम्प्रदायिक द्वेष फैलाउने गतिविधिले समाजमा नकारात्मक असर पार्ने भएकाले यस्ता कार्यको सबैले मिलेर प्रतिरोध गर्नुपर्ने धारणा व्यक्त गरे। कार्यक्रमका अध्यक्ष गाउँपालिका अध्यक्ष केदार नाथ यादवले शान्ति, सद्भाव र सामाजिक एकता कायम गर्नु सबै नागरिकको साझा दायित्व भएको उल्लेख गर्दै गाउँपालिकाले आगामी दिनमा पनि यस्ता जनचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।

उनले समाजमा रहेका सबै धर्म, जातजाति र समुदायबीच आपसी सम्मान, सहकार्य र विश्वास कायम रहँदा मात्रै समृद्ध र सभ्य समाज निर्माण सम्भव हुने बताए। कार्यक्रममा सहभागी धर्मगुरु, राजनीतिक दलका प्रतिनिधि तथा सामाजिक अगुवाहरूले समाजमा सद्भाव, सहिष्णुता र भाइचारा कायम राख्दै विकास र समृद्धिका लागि सबैले हातेमालो गरेर अघि बढ्नुपर्नेमा एकमत व्यक्त गरेका थिए।

सामाजिक एकता, धार्मिक सहिष्णुता र पारस्परिक सम्मानको सशक्त सन्देश दिँदै सम्पन्न भएको उक्त शान्ति तथा सामाजिक सद्भाव र्‍यालीलाई स्थानीयवासीले सकारात्मक रूपमा स्वागत गरेका छन्।

प्रतिक्रिया दिनुहोस

स्वच्छता र्‍याली र स ...

लहान साउन २५ । घरबाट सुरु हुने सरसफाइको अभ्यासलाई समुदाय हुँदै सार्वजनिक स्थलसम्म विस्तार गर्ने उद्द ...

गोलबजारमा प्रतिबन्धि ...

लहान साउन २५ । सिरहाको गोलबजार नगरपालिका क्षेत्रमा प्रहरीले प्रतिबन्धित औषधी र लागूऔषध ब्राउनसुगर जस ...

सुरक्षित शौचालय नागर ...

लहान साउन २५ । सुरक्षित शौचालयको प्रयोग, व्यक्तिगत सरसफाइ र फोहोर व्यवस्थापनलाई दैनिक जीवनको व्यवहार ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१