ताजा समाचार

सामाजिक परिचालकहरुलाई काममा फर्काउँदा , सेवाग्राहीको काममा सहज

  • चैत २५, २०७४
  • ६७९ पटक पढिएको
  • सिराहा टाइम्स
alt

संजय बिश्वकर्मा ÷ रेडियो नेपाल लहान २२, चैत्र । कर्मचारी आभाव रहेको अबस्थामा स्थानियतहमा सामाजिक परिचालकहरुलाई सरकारले पुनर्वाहाली गर्दा सेवाग्राहीको काम काज सहज भएकोछ । १७ स्थानियतह रहेको सिरहामा कार्यालय साहयक वा सामाजिक परिचालकको रुपमा आषाढ मासान्त सम्मका लागी सेवा करारमा पठाउने निर्णय गरेपछी सेवाग्राहीको काम काज गर्न छिटो छरितो भएको जिल्ला समन्वय समिति सिरहाका अध्यक्ष रामचन्द्र ठाकुरले बताएका छन । उनले भने – सेवाग्राहीको काम छिटो हुनुपर्छ काम छिटो गर्न कर्मचारीको आब्यश्यक भएकोले छिटै सरकारले स्थानीयतहमा कर्मचारी पठाउनुपर्छ । विगत ८ वर्ष देखि स्थानिय निकाय बिहिन भएको अवस्थामा स्थानिय शासन तथा सामुदायिक विकास कार्य्रक्रम अन्तर्गत काम काज गर्दै आईरहेको देशै भरीका करीब ५ हजार सामाजिक परिचालकहरुलाई यसै आ.व. २०७४÷ ०७५ पौस १४ गते राज्यमन्त्री स्तरिय निर्णयले अवकास दिएको थियो । २०७४ चैत्र १३ गते मन्त्री स्तरिय निर्णयले चैत्र १७ गते देखि काममा फर्किने गरी सामाजिक परिचालकहरुलाई पुनर्वाहाली गरेपछी उनिहरु अहिले काममा फर्किएको लहान नगरपालिका वडा नं. १ का सामाजिक परिचालक सोभानन्द चौधरीले जानकारी दिनुभएकोछ । जिल्लामा भएको कर्मचारीको संख्या पठाउन स्थानियतहलाई माग गरेको १५ दिन भैसक्दा पनी २ वटा स्थानियतह बाहेक कुनैपनी स्थानियतहले हालसम्म स्थानियतहमा कार्यरत कर्मचारीहरुको तथ्याङ्क नपठाएको जिल्ला समन्वय समिति सिरहा प्रशासन फाँटका बिनोद पासमानको कथन रहेकोछ । जिल्लामा १२६ सामाजिक परिचालक रहेकोछ ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤