Siraha Times
ताजा समाचार

स्वास्थ्यमन्त्री घिमिरे द्वारा शिवराज अस्पतालको अनुगमन

  • साउन १२, २०८३
  • ६७४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

प्रिन्स मिश्र कपिलवस्तु साउन १२ । लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री रामजी प्रसाद घिमिरेले प्रदेश सरकार मातहतका अस्पतालहरुको अनुगमनको क्रममा बहादुरगंज स्थित शिवराज अस्पतालको अनुगमन गर्नुभएको छ । शिवराज अस्पतालको अनुगमनको क्रममा अस्पतालको अवस्था र उपचार सेवाका बारेमा स्वास्थ्यमन्त्री थापाले अस्पताल प्रशासन र सेवाग्राहीहरु सँग जानकारी लिनुभएको हो ।

Open photo

मन्त्री घिमिरेले प्रदेश मातहतका अस्पतालको सेवा सुधारमा प्रदेश सरकार लागेको भन्दै अस्पताल प्रशासनलाई अस्पतालमा रहेका उपकरण, औषधी लगायतका सामग्रीहरुको अधिकतम उपयोग गरेर सेवाग्राहीलाई सहज रुपमा सेवा दिन अस्पताल प्रशासनलाई निर्देशन दिनुभयो ।

Open photo

अनुगमनमा स्वास्थ्य मन्त्रालयकी सचिव दुर्गा लक्ष्मी श्रेष्ठ , अस्पतालका प्रशासन शाखा, मेडिकल सुप्रीटेंडेंट डॉ हरि पाण्डे लगायत कृष्णनगर नगरपालिकाका मेयर तथा अस्पतालका व्यवस्थापन समितिका अध्यक्ष रजत प्रताप शाह लगायतको टोलीको सहभागिता रहेको थियो । सो अवसरमा अस्पतालका डॉक्टर तथा प्रशासन प्रमुख डा. दुर्गेश लाल चौधरीले अस्पतालको सेवाको अवस्था र समस्याको बारेमा जानकारी गराउनुभएको थियो ।

Open photo

अनुगमन कै क्रममा सम्बोधन गर्दै स्वास्थ्य मन्त्री घिमिरेले सीमावर्ती तथा ग्रामीण क्षेत्रमा गुणस्तरीय स्वास्थ्य सेवा विस्तार गर्नु प्रदेश सरकारको प्रमुख प्राथमिकता रहेको उल्लेख गर्नुभयो। घिमिरेले शिवराज अस्पताललाई थप सुदृढ, प्रभावकारी र नागरिकमैत्री स्वास्थ्य संस्थाका रूपमा विकास गर्न प्रदेश सरकारका तर्फबाट आवश्यक सहयोग, समन्वय तथा अभिभावकीय भूमिका निरन्तर रहने प्रतिबद्धता व्यक्त गर्नुभयो। साथै CEONC सेवा सञ्चालन सँगै मातृ तथा नवजात शिशु स्वास्थ्य सेवामा उल्लेखनीय सुधार आउने विश्वास व्यक्त गर्नुभयो।

Open photo

स्वास्थ्य मंत्रालयकी सचिव दुर्गा लक्ष्मी श्रेष्ठले अस्पतालमा स्वास्थ्य सेवाको दायरा थप विस्तार गर्न, आवश्यक जनशक्ति व्यवस्थापनलाई सुदृढ बनाउन, सेवाको गुणस्तर अभिवृद्धि गर्न तथा संस्थागत क्षमता विकासमा विशेष जोड दिनुपर्ने बताउनुभयो । सचिव श्रेष्ठले अस्पतालको दीर्घकालीन विकास योजना कार्यान्वयनका लागि स्वास्थ्य मन्त्रालयबाट आवश्यक नीतिगत, प्राविधिक तथा समन्वयात्मक सहयोग निरन्तर उपलब्ध गराइने बताउनु भयो।

Open photo

कृष्णनगर नगरपालिकाका नगर प्रमुख रजत प्रताप शाहले CEONC सेवा सञ्चालनका लागि भएको पाँच वर्षीय सम्झौताले कृष्णनगर नगरपालिका तथा आसपासका क्षेत्रका नागरिकका लाई आफ्नै क्षेत्रमा गुणस्तरीय, सुरक्षित र विशेषज्ञ प्रसूति तथा नवजात शिशु स्वास्थ्य सेवा उपलब्ध गराउने बताउनु भयो । शाहले संघ, प्रदेश, स्थानीय सरकार तथा विकास साझेदार संस्थाबीचको सहकार्यलाई अझ सुदृढ बनाउँदै शिवराज अस्पताललाई लुम्बिनी प्रदेशकै नमुना सरकारी अस्पतालका रूपमा विकास गर्ने बताउनु भयो ।

कार्यक्रममा उपस्थित सरोकारवाला हरूले शिवराज अस्पतालले छोटो अवधिमै सेवा विस्तार, पूर्वाधार विकास तथा स्वास्थ्य सेवाको गुणस्तर सुधारमा हासिल गरेका उपलब्धिहरूको प्रशंसा गर्दै आगामी दिनमा अस्पताललाई थप सक्षम र प्रभावकारी स्वास्थ्य संस्थाका रूपमा विकास गर्न सबै पक्षबीच निरन्तर सहकार्य आवश्यक रहेको धारणा व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

१३ दिनदेखि बेपत्ता व ...

रहमुल, महोत्तरी, २६ भदौ । महोत्तरीमा १३ दिनदेखि बेपत्ता रहेका २५ वर्षीय युवकको शव घरको शौचालयको सेफ् ...

अस्पतालको छेउमै सडकप ...

रहमुल, लहान, २६ भदौ । सुत्केरी बेथा लागेपछि उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल प ...

जामिया सिराजुल उलूम ...

कपिलवस्तु, भाद्र २६ । भोटेकोशी र त्रिशूलीमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारको राहत तथा प ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१