Siraha Times
ताजा समाचार

नेपाल रेडक्रस धनुषामा सांसद मनिष झा को मनोमानी: नवगठित तदर्थ समिति खारेजी गर्न सरोकारवालाको माग

  • साउन १२, २०८३
  • ४८२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

जनकपुरधाम, १२ साउन । नेपाल रेडक्रस सोसाइटी धनुषा जिल्ला शाखाको हालै गठित तदर्थ समितिलाई लिएर तीव्र विरोध र असन्तुष्टि सिर्जना भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधि सभा सांसद मनिष झाले विधान, सांगठनिक हित र प्रजातान्त्रिक पद्धतिविपरीत मनोमानी ढङ्गले समिति गठन गराएको भन्दै सरोकारवालाहरूले त्यसको कडा प्रतिवाद गरेका छन्।

​सम्बन्धित पक्ष तथा सरोकारवालाहरूका अनुसार, पार्टीका जिल्ला स्तरीय समिति, पदाधिकारी, सांसद तथा स्थानीय कार्यकर्ता र सरोकारवाला निकाय एवं पदाधिकारीलाई पूर्ण रूपमा बेवास्ता गर्दै एकपक्षीय र अपारदर्शी ढङ्गले यो समिति गठन गरिएको हो।

राष्ट्रिय स्वतन्त्र पार्टी धनुषाले पूर्व सभापति नरेशकुमार सिंहको नेतृत्वमा रहेको मौजुदा जिल्ला शाखा समिति विघटन गराएकाे थियाे । यता, ​नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयको २०८३ साउन ४ गतेको निर्णयअनुसार पंकजकुमार महतोको सभापतित्वमा ११ सदस्यीय नयाँ तदर्थ समिति गठन गरिएको पत्र सार्वजनिक भएको थियो। तर, उक्त समिति गठन प्रक्रियामा पारदर्शिताको अभाव रहेको र रेडक्रस जस्तो मानवीय तथा सामाजिक संस्थामा राजनीतिक प्रभाव र मनोमानी चलाइएको भन्दै विरोध चर्किएको छ।

​स्थानीय कार्यकर्ता, पार्टीका जिल्ला स्तरीय पदाधिकारी तथा सरोकारवालाहरूले सांसद मनिष झाको यो निर्णय सांगठनिक हित विपरीत रहेको ठहर गरेका छन्। उनीहरूले नियम र विधान विपरीत गठन गरिएको यो एकलाैटी तदर्थ समिति यथाशीघ्र खारेज गर्न नेपाल रेडक्रस सोसाइटी केन्द्रीय समितिसँग जोडदार माग गरेका छन्। ​रेडक्रसको मर्म, तटस्थता र प्रजातान्त्रिक मूल्य-मान्यता जोगाउनका लागि निष्पक्ष र सर्वस्वीकार्य ढङ्गले पुनः प्रक्रिया अघि बढाउनुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन्।

प्रतिक्रिया दिनुहोस

स्वच्छता र्‍याली र स ...

लहान साउन २५ । घरबाट सुरु हुने सरसफाइको अभ्यासलाई समुदाय हुँदै सार्वजनिक स्थलसम्म विस्तार गर्ने उद्द ...

गोलबजारमा प्रतिबन्धि ...

लहान साउन २५ । सिरहाको गोलबजार नगरपालिका क्षेत्रमा प्रहरीले प्रतिबन्धित औषधी र लागूऔषध ब्राउनसुगर जस ...

सुरक्षित शौचालय नागर ...

लहान साउन २५ । सुरक्षित शौचालयको प्रयोग, व्यक्तिगत सरसफाइ र फोहोर व्यवस्थापनलाई दैनिक जीवनको व्यवहार ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१