Siraha Times
ताजा समाचार

सिरहामा स्कुल बस र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, दुई घाइते

  • असार २५, २०८३
  • ८२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

ओम प्रकाश यादव लहान, २५ असार। सिरहाको गोलबजार नगरपालिका–९ चोहर्वास्थित पूर्व–पश्चिम महेन्द्र राजमार्गमा बुधबार भएको सडक दुर्घटनामा एक युवकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। शिव शक्ति बाल बोर्डिङ स्कुलको बस र मोटरसाइकल एकआपसमा ठोक्किँदा उक्त दुर्घटना भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार मे १ ख २३६३ नम्बरको शिव शक्ति बाल बोर्डिङ स्कुलको बस पूर्वबाट पश्चिमतर्फ गइरहेको अवस्थामा अचानक उत्तरतर्फ गोविन्दपुर जाने सडकमा मोडिएको थियो। सोही दिशाबाट पछाडि आइरहेको म प्रदेश ०१–००५ प ३४०६ नम्बरको मोटरसाइकल बसमा ठोक्किएपछि दुर्घटना भएको हो। दुर्घटनामा मोटरसाइकलमा सवारमध्ये एक जना अन्दाजी २४ वर्षीय युवकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

मृतकको परिचय अझै खुल्न नसकेको र पहिचानका लागि आवश्यक प्रक्रिया अघि बढाइएको प्रहरीले जानकारी दिएको छ। मृतकको शव पोस्टमार्टमका लागि मिर्चैया अस्पतालमा राखिएको छ। दुर्घटनामा मोटरसाइकलमा सवार मिर्चैया नगरपालिका–५ निवासी २४ वर्षीय शंख रिहान र १९ वर्षीय यनतियाज राइन घाइते भएका छन्। दुवैको टाउको, हात र खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ।

घाइतेमध्ये शंख रिहानको अवस्था गम्भीर रहेकाले गोलबजारस्थित लाइफ लङ्ग अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि विराटनगर रिफर गरिएको छ। यस्तै, यनतियाज राइनको गोलबजारमै उपचार भइरहेको प्रहरीले जनाएको छ। प्रत्यक्षदर्शीका अनुसार दुर्घटनाका बेला मोटरसाइकलमा तीन जना सवार थिए। अत्यधिक जोखिमपूर्ण रूपमा तीन जना एउटै मोटरसाइकलमा यात्रा गरिरहेको अवस्थामा बससँग ठोक्किएको बताइएको छ।

घटनापछि बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान सुरु गरेको छ। दुर्घटनाको वास्तविक कारणबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ। प्रहरीले सडकमा सवारी चलाउँदा ट्राफिक नियमको पालना गर्न, सवारीमा क्षमताभन्दा बढी यात्रु नबोक्न तथा मोड वा चोकमा विशेष सावधानी अपनाउन सबै चालकलाई आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस

धनगढीमाई–११ मा कुटपि ...

शम्भु चौधरी लहान, असार २५। सिरहाको धनगढीमाई नगरपालिका–११ सोनापुरमा सामान्य विवादले उग्र रूप लि ...

सिरहाको पहिलो ‘साक्ष ...

ओम प्रकाश यादव लहान, असार २४ । सिरहाको लहान नगरपालिका औपचारिक रूपमा जिल्लाकै पहिलो साक्षर नगरपालिका ...

औरही गाउँपालिकामा शि ...

रहमुल,लहान , २४ असार सिरहाको औरही गाउँपालिकाले शिक्षा, कृषि तथा भौतिक पूर्वाधार विकासलाई प्राथमिकताम ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१