बैकिङ्ग कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

  • भदौ १०, २०७६
  • ११९८ पटक पढिएको
  • सिराहा टाइम्स
alt

काठमाडौं, १० भदौ । बैकिङ्ग कसुर मुद्दाका फरार प्रतिवादी काठमाडौं तारकेश्वर नगरपालिका-११ बस्ने ५५ वर्षीय प्रभात बिक्रम थापालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । बैकिङ्ग कसुर मुद्दामा उच्च अदालत पाटनको २०७५ चैत ४ गतेको फैसलाले १५ दिन कैद र ८ लाख ५० हजार रुपैयाँ जरिवाना ठहर भई फरार रहेका थापालाई केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले काठमाडौं गल्कोपाखाबाट पक्राउ गरेको हो । आर्थिक व्यवहार मिलाउने भनी ८ लाख ५० हजार रुपैयाँ ऋण लिएको र सो रकम भुक्तान गर्नका लागि पर्याप्त रकम नभएको सिभिल बैंक शाखा कार्यालय पुतलीसडकको खाताबाट भुक्तानी हुने गरी चेक फिर्ता भएको बैकिङ्ग कसुर मुद्दामा उनलाई उच्च अदालतबाट उक्त सजाय भएको थियो । थापालाई काठमाडौं जिल्ला अदालतमा पेश गरिएकोमा अदालतको आदेशले कैद भुक्तानका लागि केन्द्रीय कारागार कार्यालय सुन्धारा काठमाडौं पठाइएको उक्त व्यूरोले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

कपिलवस्तु प्राविधिक ...

 अजय मिश्र कपिलवस्तु, पुस ७। कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका वडा नं २ स्थित कपिलवस्तु प्रा ...

मेयर चौधरीद्वारा छुट ...

ओम प्रकाश यादव लहान, पुष ६ । लहान नगरपालिकाका मेयर महेश चौधरीले नगरपालिकाको तर्फबाट वडा नम्बर– ...

आशा किरण केन्द्रको १ ...

वीरगंज ६ पौष । नेशनल मेडिकल कलेज प्रा. लि. र आशा किरण केन्द्रबीच औपचारिक सम्झौता हस्ताक्षर गरिए ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१