थरुहट थारुवान राष्ट्रिय सम्मेलनका १५ बुँदे घोषणापत्र

  • भदौ ९, २०७६
  • ९३८ पटक पढिएको
  • सिराहा टाइम्स
alt

भदौ ९ । टीकापुरमा ७ भदौँदेखि शुरु भएको थरुहट थारुवान राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ । १५ बुँदे घोषण पत्र जारी गर्दै थरुहट राष्ट्रिय सम्मेलन सोमबार सम्पन्न भएको हो । तीन दिन सम्म चलेको सम्मेलनले सशक्त आन्दोलन,थरुहट/थारुवानको आगामी कार्यदिशा सहितको १५ बुँदे टीकापुर घोषणापत्र जारी गरेको छ । सम्मेलनबाट थरुहट थारुवान राष्ट्रिय मोर्चा केन्द्रीय संयोजक समिति समेत गठन गरिएको छ । लक्ष्मण थारुको संयोजकत्वमा १०१सदस्यीय राष्ट्रिय मोर्चा केन्द्रीय संयोजक समिति गठन गरेको हो ।

प्रवक्तामा मिनराज चौधरी, महासचिव तुलसी थारु, केन्द्रीय सदस्य तर्फ सिताराम चौधरी, पुष्पा चौधरी, प्रेमा चौधरी, मोहनलाल चौधरी, प्रेमबती राना, पुष्कल चौधरी, महाबीर चौधरी, रजित चौधरी, प्रभात चौधरी, विजय चौधरी, सरल चौधरी लगायत रहेका छन् । नेपाल आदिवासी जनजाति महासंघ कञ्चनपुरका अध्यक्ष समेत रहेका थरुहट राष्ट्रिय मोर्चा केन्द्रीय सदस्य प्रेमबती रानाले सम्मेलन भव्य रुपमा सम्पन्न भएको बताईन् । उनका अनुसार बन्र्दशत्रमा विभिन्न जिल्लाबाट आएका सहभागिले आ–आफ्नो धारणा राखेका थिए । केन्द्रीय सदस्य रानाका अनुुसार सम्मेलनले पुुनः थरुहट आन्दोलनलाई नयाँ उचाईमा पु¥याउनुको साथै पहिचान पक्षधरलाई एकताबद्ध गरेकोे छ । बिग्रिएको भनिएको टीकापुरको सामाजिक सद्भाव मजबुत भएको र सद्भाव कायम गर्न राज्यले नै तदारुकता अपनाउन पर्ने सम्मेलनले पुष्टि गरेको घोषणापत्रमा उल्लेख छ । घोषणापत्रमा तराई मधेशमा जारी आन्दोलनपछि छानबिन गर्न गठित गिरिशचन्द्र लाल सहितको विभिन्न प्रतिवेदन सार्वजनिक गर्न सरकारलाई आग्रह गरेको छ ।

भदौ ८ गतेको दिन कर्फ्यू जारी भएकै अवस्थामा टीकापुरका थारु समुदायको भौतिक संरचनामा आगजनी गर्नेलाई तत्काल कानूनी दायरामा ल्याउनुपर्ने र संघर्ष समिति र सरकारबीच विभिन्न समयमा भएको १३ बुँदे सहमति कार्यान्वयन गर्न समेत घोषणा पत्रमार्फत जोडदार माग गरिएको छ । यस सँगै घोषणा पत्रमा हालको ७ प्रदेशको संरचना कुनै पनि हालतमा नमान्ने, जातीय पृष्ठभूमिको आधारमा पहिचान सहितको १० जोड १ को थरुहटरथारुवान स्वायत्त प्रदेश सीमांकन र नामांकन गरिनुपर्ने माग उल्लेख छ । साथै संघीय निजामती ऐन सशोधन गरी राज्यका सबै निकायमा जातीय जनसंख्याको आधारमा लोक सेवा आयोगले विज्ञापन जारी गर्नुपर्ने पनि घोषणापत्रमा उल्लेख गरिएको छ । आदिवासी जनजातिको सूचीमा सूचीकृत हुन बाँकी मूलबासी तथा जातिलाई सूचीकृत गर्नुपर्ने, माघी पर्वलाई राष्ट्रिय पर्वको रुपमा मानेर सार्वजनिक बिदा दिनुपर्ने, अष्टिम्की, अट्वारी लगायत पर्वमा प्रदेश सरकारले स्थानीय बिदा दिनुपर्ने माग पनि घोषणा पत्रमा उल्लेख गरिएको छ । नवगठित मोर्चाले तराईका जिल्लामा मुठी दान अभियान सञ्चालन गर्ने घोषणा पत्रमा उल्लेख छ । साथै घोषणा पत्रमा थरुहट शहीद परिवार, घाइते, राजबन्दी तथा परिवारको भरणपोषण तथा आश्रित बालबालिकाको शिक्षा दीक्षाको लागि थरुहट मुठीदान अभियान चलाउने उल्लेख गरिएको छ ।

सम्मेलनले ३ चरणको आन्दोलनको गर्ने तय गरेको छ । पहिलो चरण अन्तर्गत तराई जिल्लामा प्रचारात्क तथा संगठन विस्तारको कार्यक्रम अगाडि बढाउने भएको छ । दोसो चरणमा मोर्चाले कोणसभा, विरोधसभार्, याली, जनप्रदर्शनका कार्यक्रमलाई तराईका जिल्लामा सशक्त रुपमा सञ्चालन गर्ने रणनीति तय गरेको छ । सोहीबीचमा तराईको जिल्लाको १० ठाउँमा आमसभा गर्ने जनाएको छ । मोर्चाले संविधान जारी भएको असोज ३ गतेलाई कालो दिनको रुपमा मनाउने जनाएको छ । संविधानमा रहेका असहमति र विरोध रहेका धारा र उपधारालाई तराईका जिल्लामा विभिन्न कार्यक्रम गरी जलाएर कालो दिन मनाउने र सो दिन मोर्चाले थरुहट युवा दस्ता समेत प्रदर्शन गर्ने जनाईएको छ । मोर्चाले आफ्नो तेस्रो चरणको कार्यक्रम अन्तर्गत थारु बहुल क्षेत्रमा लाठी जुुलुुश, मसाल जुुलुुश प्रदर्शन गर्ने, सरकारलाई असहयोग आन्दोलन गर्ने अभियान सञ्चालन गर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस

कलैया यातायातका प्रम ...

रंजित चौरसिया,वीरगंज २५ जेष्ठ । यातायात व्यवस्था कार्यालय कलैया बाराका प्रमुख अविन्दर दासले सवारी चा ...

लहान नगरपालिकाले विग ...

ओमप्रकाश यादव, लहान जेठ २४ ।  लहान नगरपालिकाले विगत तीन वर्षको कार्यकालमा शिक्षा, स्वास्थ्य, कृ ...

डाक्नेश्वरी नगरपालिक ...

राशिन्द्र यादव, सप्तरी जेठ२४ । सप्तरी जिल्लाको डाक्नेश्वरी नगरपालिकामा, शिक्षा शाखाको विशे ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१