क्षत्ति न्युनिकरण गर्न बिधार्थीहरुलाई जनचेतना

  • भदौ ९, २०७६
  • ९३६ पटक पढिएको
  • सिराहा टाइम्स
alt

संजय विश्वकर्मा ÷ लहान ९, भदौ सिरहाको लहान नगरपालिका वडा नं. २० का कक्षा ९ र १० का छात्र छात्राहरुलाई लागु औषधको क्षत्ति बाट बच्नका लागी जनचेतना दिईएको छ । माबि हनुमाननगर ब्रमहान गोर्छारीका करीब ५० जना छात्र छात्राहरुलाई स्पर्श नेपाल शाखा कार्यालय लहानले जनचेतना दिईएको सो संस्थाका जिल्ला सुपरभाईजर कैलाश कुमार साहले जानकारी दिनुभयो । सेभ द चिल्ड्रेन को सहयोगमा स्कुलमा गएरै करिब १ घण्टा कक्षा संचालन गरेको सुपरभाईजर साहले बताए । दिन प्रतिदिन लागु औषध प्रयोग गर्ने युवाहरुको बृद्धी भैरहेको अबस्थामा लागु औषध प्रयोग गर्नाले बिभिन्न किसिमका अपराध बढने गरेकाले न्युनिकरण गर्नका लागी त्यस्तो कार्यक्रम संचालन गर्नु परेको उनले बताए । कार्यक्रममा एच आई भि एडस को बारेमा बिशेष छलफल भएको थियो । एक तथ्याङ्क अनुसार सिरहामा दैनिक रुपमा ड्रग्ज प्रयोग गर्ने युवाहरुको संख्या बृद्धी भईरहेको अबस्थामा सुई साटासाट गर्नाले एच आई भि संङक्रमित हुने गरेकोले सो बाट हुने मानबीय क्षती न्युनिकरण गर्नका लागी समेत कर्यक्रमको आयोजना गरेको आयोजकले जनाए । कार्यक्रममा स्कुलका प्रधानाध्यापक , शिक्षक , बुद्धिजिबि , पत्रकार लगायतको उपस्थिति रहेको थियो ।

 

 

प्रतिक्रिया दिनुहोस

कपिलवस्तु प्राविधिक ...

 अजय मिश्र कपिलवस्तु, पुस ७। कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका वडा नं २ स्थित कपिलवस्तु प्रा ...

मेयर चौधरीद्वारा छुट ...

ओम प्रकाश यादव लहान, पुष ६ । लहान नगरपालिकाका मेयर महेश चौधरीले नगरपालिकाको तर्फबाट वडा नम्बर– ...

आशा किरण केन्द्रको १ ...

वीरगंज ६ पौष । नेशनल मेडिकल कलेज प्रा. लि. र आशा किरण केन्द्रबीच औपचारिक सम्झौता हस्ताक्षर गरिए ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१