शहिदनगर नगरपालिका भित्रका सामुदायिक शिक्षक दरबन्दी मिलान

  • भदौ ८, २०७६
  • २६७६ पटक पढिएको
  • नरेश बर्ब्रिया
alt

धनुषा,भदौ ८  गते । प्रदेश न मै पहिलो पल्ट शहिदनगर नगरपालिका भित्रका सामुदायिक शिक्षक दरबन्दी मिलान गरेको छ । स्थानीय तह सँचालन ऐन २०७४ लागू गर्दै शिक्षा तर्फ दरबन्दी मिलान गरिएको छ ।


नगर प्रमुख उदय कुमार बरबरिया ९यादव० ले दिएको जानकारी अनुसार स्थानीय तह सँचालन ऐन २०७४ ले स्थानीय तहलाई शिक्षा सँचालनका लागि तोकेको विभिन्न २३ वटा अधिकार र कार्यक्षेत्र अन्तर्गतको दरबन्दी मिलान बुंदालाई लागू गरिएको छ ।

 

नगरभित्र रहेको प्रावि, निमावि र मावि स्तरका समुदायिक विद्यालयहरुमा शिक्षक शिक्षिका तथा कर्मचारीहरुको दरबन्दी मिलान गरिएको जनाइएको छ । नगरपालिका भित्र रहेको ३ वटा मावि, ५ वटा निमावी र २६ वटा प्रावि गरी जम्मा ३४ वटा समुदायिक विद्यालय सँचालन रहेकोमा सबैमा दरबन्दी मिलान गरिएको हो ।

मावि विद्यालय तर्फ २१ जना, निमावि तर्फ १४ जना, प्रावि तर्फ ९२ जना र बाल विकास तर्फ ५८ जना गरी जम्मा १ सय ८५ शिक्षक कार्यरत रहने गरी दरबन्दी मिलान गरिएको हो । ३४ वटै विद्यालय मध्ये ७ वटा विद्यालयमा बाल विकास तथा राहत शिक्षकको भरमा सँचालन हुँदै आईरहेकोमा उक्त विद्यालयरुमा कम्तिमा पनि १ जना स्थायी शिक्षक हुने गरी दरबन्दी मिलान गरिएको जनाइएको छ ।

 

शिक्षा विकास तथा समन्वय इकाइको गत वि।सं। २०७५ फागुन १७ गतेको निर्णय अनुसार तथा स्थानीय सरकार सँचालन ऐन २०७४ ले स्थानीय तहलाई शिक्षा सँचालनका लागि विभिन्न २३ वटा अधिकार तथा कार्यक्षेत्र तोके बमोजिम दरबन्दी मिलान गरिएको हो

 

शिक्षाको गुणस्तरियता बढाउनको लागि नगरभित्रको विद्यालयहरुमा दरबन्दी मिलानको आवश्यकतालाई मध्यनजर गर्दै मेयर उदय कुमार बरबरियाले दरबन्दी मिलान कार्यलाई मूर्तरुप दिन सफल भएका छन् । शहिदनगर नगरपालिकाको शिक्षा समितिको गत साउन २२ गतेको निर्णय अनुसार दरबन्दी मिलान गरिएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस

लहानमा कुपोषण व्यवस् ...

रहमुल, लहान २६ चैत्र । सिरहाको लहान नगरपालिकामा कुपोषण न्यूनीकरण तथा स्वास्थ्य सेवा सुदृढीकरण गर्ने ...

Together for Health, ...

ओम प्रकाश यादव लहान चैत २५ । सप्तरी र सिरहा जिल्लामा “Together for Health, Stand with Science& ...

कपिलवस्तु क्षेत्र नं ...

धर्मेन्द्र कुमार कुर्मी, विजयनगर  कपिलवस्तु चैत २४ । कपिलवस्तु क्षेत्र नं. ३ का प्रतिनिधिसभा सद ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१