ताजा समाचार

सिरहामा एक पुरुषको वेवारिसे शव फेला;पोष्टमार्टमको लागि जिल्ला अस्पताल लगियो

  • भदौ ८, २०७६
  • १४९८ पटक पढिएको
  • नरेश बर्ब्रिया
alt

नरेशचन्द्र बरवरिया भदौ ८ गते । सिरहामा एक पुरुषको वेवारिसे शव फेला परेको छ । सिरहा नगरपालिकाको वडा न.१६ खिरौना चौक स्थित एक पुरुषको शव मृत अवस्थामा भेटिएको हो । सिरहा नगरपालिका १५ का अन्दाजी ४० वर्षीय सुरेश साफी आईतबार विहान मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सिरहाका डिएसपी अपिलराज बोहराले जानकारी दिए ।

एकाविहानै स्थानीयवासीले साफीको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । पुरुषको शव रहेको घटनास्थलको प्रकृति हेर्दा अत्याधिक मात्रामा मदिरा सेवनको कारणले मृत्यु भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएपनि मृतकको मुखबाट रगत बगेको देखिएका कारण अनुसन्धानपछि मात्र केही भन्न सकिने डिएसपी बोहराले बताए ।

मृतकको शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल सिरहा ल्याइएको छ । घटनावारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

 
 

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤