बलात्कार

  • चैत २५, २०७४
  • ७१८ पटक पढिएको
  • सिराहा टाइम्स
alt

ऐ डाक्टर 
तिमिलाई मेरो योनिको रस चाहियो ?
चेक गर्नको लागि 
म बलात्कार भऐकि छु वा छैन भनेर
डाक्टर 
तिमिले अफ्नो DNA चेक गराएको छैन होला 
आज सम्म तिम्रो बुवा र छोराको नाता
मात्र विश्वासमा टिके छ ।
के थाहा तिम्रो आमा पनि बलात्कार भएर 
चुपचाप तिमिलाई जन्म दिऐकी छ होला ।
म बलात्कार भएकी महिला 
मेरो आँखामा हेर 
बलात्कारीको फोंटो मेरो आँखामा झल्की रहेछ
छ तिम्रो ल्याबमा मेरो आँखाबाट 
ती बलात्कारीहरुका फोटो निकालने मेसीन ?
म दिन योनिको रस 
कदापि दिन 
म एकचोटि बलात्कार भइसकेकी छु
म दिन योनिरस तिम्रो ल्याबमा फेरि बलात्कार हुनकोलागी 
ऐ संसार भरीका न्यायाधीश 
अब तिम्रो अदालतमा पनि न्याय छै
मैले सुनेछु तिमिले हरेक प्राणीका 
पाप र धर्म हेरिरहेका हुन्छौ रे
खै त मलाई बलात्कार गर्ने पापीलाई हेरेको
मैले यो पनि सुनेछ मान्छे मरे पछि न्याय गर्छौं तिमी क्यारे 
हो म मरे पछि न्याय दिनेछौं तिमिले मलाई
मैले माने
तर
म माथी लागेको कलंक हटाउन सक्छो तिमी ।
छैन होला 
न्याय गर्न सक्दैन भने
म महिलाको एउटा अर्को उपमा पनि छ नागिन
मेरो शरीर भरी बिष भरीदे 
म आफ्नो न्याय आफै गर्न सक्छु
नत्र फेरि भन्ने छु
संसार रचिता तिम्रो अदालतमा पनि न्याय छैन अब

राम सोगारथ यादव

प्रतिक्रिया दिनुहोस

वीरगंजको इनर्वागाउँ ...

रंजित चौरसिया / वीरगंज ३ भदौ । मुलूककै आर्थिक नगरीको रुपमा परिचित वीरगंजको इनर्वागाउँ तस्करीको हब बन ...

सखुवानन्कारकट्टीमा क ...

लहान । सिरहा जिल्लाको सखुवानन्कारकट्टी गाउँपालिका १ कटैयामा रहेको भी जनचेतना कृषि सहकारी संस्था लिमि ...

लहानमा पुनः आन्दोलनक ...

ओम प्रकाश यादव लहान, साउन २ । जनता समाजवादी पार्टी (जसपा) नेपालले सर्वोच्च अदालतले दिएको परमादे ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१