Siraha Times
ताजा समाचार

करैयामाई गाउँपालिकाको १९औँ गाउँसभा सम्पन्न, ४५ करोडभन्दा बढी बजेट पारित

  • असार ५, २०८३
  • ४४५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रौतहट , असार ५। बारा जिल्लाको करैयामाई गाउँपालिकाको १९औँ गाउँसभा तथा अधिवेशन शुक्रबार सम्पन्न भएको छ। गाउँपालिकाको करैया स्थित सभाहलमा आयोजित गाउँसभाले आर्थिक वर्ष २०८३/८४ का लागि ४५ करोड ६८ लाख ४० हजार रुपैयाँको बजेट, नीति तथा कार्यक्रम सर्वसम्मत रूपमा पारित गरेको हो।

गाउँपालिका अध्यक्ष शम्भु यादवको अध्यक्षतामा सम्पन्न गाउँसभामा उपाध्यक्ष सुनैना देवी चौधरीले आगामी आर्थिक वर्षका लागि बजेट तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो। प्रस्तुत बजेटमा शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार विकास, खानेपानी, सरसफाइ तथा सामाजिक सुरक्षालगायतका क्षेत्रलाई प्राथमिकतामा राखिएको छ। गाउँसभाले आर्थिक वर्ष २०८३/८४ का लागि प्रस्तावित नीति तथा कार्यक्रममाथि विस्तृत छलफल गरी सर्वसम्मत रूपमा पारित गरेको जनाएको छ।

स्थानीय तहको समग्र विकास, सेवा प्रवाहमा सुधार तथा जनमुखी कार्यक्रमहरूको प्रभावकारी कार्यान्वयनलाई लक्ष्य बनाएर बजेट विनियोजन गरिएको गाउँपालिकाले जनाएको छ। गाउँसभाको अवसरमा करैयामाई गाउँपालिकाभित्रका विभिन्न सामुदायिक विद्यालयबाट कक्षा ८ र कक्षा १० मा उत्कृष्ट नतिजा हासिल गर्ने छात्र–छात्राहरूलाई सम्मान गरिएको थियो।

उत्कृष्ट विद्यार्थीहरूलाई गाउँपालिका अध्यक्ष शम्भु यादव, उपाध्यक्ष सुनैना देवी चौधरी तथा प्रमुख प्रशासकीय अधिकृत नागेन्द्र राय यादवले टीका, माला, प्रमाणपत्रसहित ल्यापटप वितरण गरी सम्मान गर्नुभएको थियो। त्यसैगरी गाउँपालिकाका विभिन्न शाखामा कार्यरत उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीहरूलाई समेत प्रशंसा पत्र तथा सम्मानपत्र प्रदान गरिएको थियो।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत नागेन्द्र राय यादव, विभिन्न वडाका वडाध्यक्ष, कार्यपालिका सदस्य, वडासदस्य, सुरक्षाकर्मी, सञ्चारकर्मी, विभिन्न राजनीतिक दलका प्रतिनिधि, बुद्धिजीवी तथा समाजसेवीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। गाउँसभामा सहभागी वक्ताहरूले विकास निर्माणका कार्य तथा जनसेवालाई अझ प्रभावकारी बनाउन आवश्यक सुझावहरू समेत प्रस्तुत गरेका थिए।

गाउँसभाको समापन गर्दै अध्यक्ष शम्भु यादवले पारित बजेट तथा कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्दै गाउँपालिकाको समग्र विकास, सुशासन र जनसेवालाई थप सुदृढ बनाइने प्रतिबद्धता व्यक्त गर्नुभयो।

प्रतिक्रिया दिनुहोस

एलएमसी कलेजको शतप्रत ...

लाहान, असार ७। सिराहाको लाहान–७ स्थित एलएमसी कलेजले यस वर्षको कक्षा १२ को नतिजामा शतप्रतिशत सफ ...

साउदी अरबमा अलपत्र प ...

ओम प्रकाश यादव,लहान, असार ७ । सप्तरी जिल्लाको सुरुङ्गा नगरपालिका–४ निवासी मृगेन्द्र कुमार मण्ड ...

भगवानपुरमा हाउस वायर ...

ओम प्रकाश यादव लहान, असार ७ । युवाहरूलाई सीपयुक्त, आत्मनिर्भर र स्वरोजगारमुखी बनाउने उद्देश्यले सिरह ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१