Siraha Times
ताजा समाचार

दुर्गापुरमा ट्रान्सफर्मर चोरी प्रकरण: अनुसन्धान जारी, अनुमति र नयाँ ट्रान्सफर्मर आएपछि मात्रै जडान हुने

  • जेठ ३१, २०८३
  • १२५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

श्रीकान्त झा, सिरहा जेठ ३१ । सिरहाको गोलबजार नगरपालिका वडा नं. १३ दुर्गापुर क्षेत्रमा विद्युत ट्रान्सफर्मर चोरी भएको घटनाप्रति नेपाल विद्युत प्राधिकरण मिर्चैया वितरण केन्द्रले गम्भीर चासो व्यक्त गरेको छ। प्राधिकरणका अनुसार चोरी भएको ट्रान्सफर्मरको विषय कानुनी प्रक्रियासँग सम्बन्धित रहेकाले आवश्यक अनुसन्धान र विभागीय अनुमति पश्चात् मात्र नयाँ ट्रान्सफर्मर जडान गरिनेछ।

स्थानीयवासीका अनुसार विद्युत प्राधिकरणले केही समयअघि उक्त क्षेत्रमा रहेको ट्रान्सफर्मर खोलेर लगेको थियो। त्यसपछि नयाँ ट्रान्सफर्मर जडान हुन नसक्दा स्थानीय बासिन्दा विद्युत सेवाबाट प्रभावित बनेका छन्। यता दुर्गापुर क्षेत्रमै रहेको अर्को ट्रान्सफर्मर चोरी भएपछि स्थानीयहरू थप आक्रोशित बनेका छन्।

स्थानीयहरूले विद्युत आपूर्ति नियमित गर्न तथा चोरी भएका संरचनाको विकल्प तत्काल व्यवस्थापन गर्न माग गर्दै आएका छन्। उनीहरूका अनुसार लामो समयदेखि ट्रान्सफर्मर नहुँदा दैनिक जनजीवन, कृषि कार्य तथा साना व्यवसायसमेत प्रभावित भएका छन्।

यस विषयमा नेपाल विद्युत प्राधिकरण मिर्चैया वितरण केन्द्रका प्रमुखले विद्युत संरचना केवल प्राधिकरणको मात्र नभई सार्वजनिक सम्पत्ति भएकाले यसको संरक्षणमा स्थानीय समुदायको पनि महत्वपूर्ण भूमिका रहने बताए। उनले ट्रान्सफर्मर लगायत विद्युतका संरचनाको सुरक्षा सबै नागरिकको साझा दायित्व भएको उल्लेख गरे।

उता ट्रान्सफर्मर चोरीको घटनाबारे सिरहा प्रहरीले अनुसन्धान तीव्र बनाएको जनाएको छ। प्रहरीका अनुसार घटनाको सूक्ष्म अनुसन्धान भइरहेको छ र चोरीमा संलग्न व्यक्तिहरूको पहिचान तथा खोजी कार्य जारी छ। साथै घटनाबारे सम्बन्धित विभागलाई जानकारी गराइसकिएको र आवश्यक समन्वय भइरहेको जनाइएको छ।

नेपाल विद्युत प्राधिकरण मिर्चैया वितरण केन्द्रका अनुसार विभागीय स्वीकृति, आवश्यक कानुनी प्रक्रिया तथा नयाँ ट्रान्सफर्मर उपलब्ध भएपछि मात्रै प्रभावित क्षेत्रमा पुनः ट्रान्सफर्मर जडान गरिनेछ। प्रहरीले ट्रान्सफर्मर चोरीजस्तो सार्वजनिक सम्पत्तिसँग सम्बन्धित अपराधलाई गम्भीर रूपमा लिइएको बताउँदै घटनामा संलग्न व्यक्तिहरूलाई छिट्टै कानुनी दायरामा ल्याइने विश्वास व्यक्त गरेको छ। यसैबीच स्थानीयवासीले विद्युत सेवा पुनः सञ्चालनका लागि सम्बन्धित निकायले शीघ्र पहल गर्नुपर्ने माग गरेका छन्।

प्रतिक्रिया दिनुहोस

शिवराज अस्पतालमा निः ...

धर्मेन्द्र कुमार कुर्मी कपिलवस्तु जेष्ठ ३१ । कृष्णनगर नगरपालिकाले नागरिकको स्वास्थ्यलाई प्राथमिकतामा ...

प्रदीप दाहालको पहलमा ...

​जेठ ३०, सिराहा । सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नम्बर १२ मा विद्युत विस्तार र सुदृढीकरणको क ...

बालविवाह तथा जबरजस्त ...

कपिलवस्तु लालु चौधरी जेठ ३० । "मौनता तोडौंः सामुदायिक नेतृत्वमा लैङ्गिक हिंसा रोकथाम परियोजना" अन्तर ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१