Siraha Times
ताजा समाचार

बालविवाह तथा जबरजस्ती विवाह विरुद्ध अभिमुखीकरण कार्यक्रम सम्पन्न

  • जेठ ३०, २०८३
  • ३९५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

कपिलवस्तु लालु चौधरी जेठ ३० । "मौनता तोडौंः सामुदायिक नेतृत्वमा लैङ्गिक हिंसा रोकथाम परियोजना" अन्तर्गत बालविवाह, कम उमेरमा गरिने विवाह तथा जबरजस्ती विवाह सम्बन्धी अभिमुखीकरण कार्यक्रम शनिबार विजयनगर गाउँपालिका वडा नं. ७, गणेशपुरमा सम्पन्न भएको छ।

कार्यक्रममा बालविवाह तथा जबरजस्ती विवाहका कारण बालबालिका र किशोरीहरूको शिक्षा, स्वास्थ्य, सुरक्षा तथा भविष्यमा पर्ने नकारात्मक प्रभावबारे जानकारी गराइएको थियो। साथै यस्ता सामाजिक कुरीति तथा लैङ्गिक हिंसाका घटनालाई न्यूनीकरण गर्न समुदायस्तरमा सचेतना अभिवृद्धि गर्नुपर्नेमा जोड दिइएको थियो। अभिमुखीकरण कार्यक्रममा स्थानीय महिला, किशोरी, अभिभावक तथा समुदायका अगुवाहरूको सहभागिता रहेको थियो। सहभागीहरूले बालविवाह तथा जबरजस्ती विवाह अन्त्यका लागि समुदायबाटै पहल गर्नुपर्ने धारणा व्यक्त गरेका थिए।

कार्यक्रमका वक्ताहरूले बालविवाह कानुनविपरीत मात्र नभई बालअधिकारको गम्भीर उल्लङ्घन भएको उल्लेख गर्दै यस्ता कार्य रोक्न सबै सरोकारवालाको साझा प्रयास आवश्यक रहेको बताए। उक्त कार्यक्रम WOMEN ACT को आयोजनामा तथा PLAN International को सहयोगमा सम्पन्न भएको हो। कार्यक्रममा लैङ्गिक हिंसा न्यूनीकरण, महिला तथा बालबालिकाको अधिकार संरक्षण र सुरक्षित समाज निर्माणका विषयमा समेत छलफल गरिएको थियो।

प्रतिक्रिया दिनुहोस

पूर्वआईजीपीको ‘आशीर् ...

रंजित चौरसिया, वीरगंज २८ भदौ । नेपाल भारत सिमावर्ती क्षेत्र बारा जिल्लाको सिम्रौनगढ नाकाबाट प्रहरी प ...

वक्तालाई बोल्ने समय ...

रहमुल, सिरहा, २८ भदौ । विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप–२०७६ परिमार्जनका लागि सुझ ...

राष्ट्रिय बाल दिवसको ...

ओम प्रकाश यादव, सप्तरी भदौ २८ । राष्ट्रिय बाल दिवस–२०८३ को अवसरमा सप्तरीको खडक नगरपालिकामा प्र ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१