Siraha Times
ताजा समाचार

नवराजपुर गाउँपालिकामा ५ दिने एकीकृत पाठ्यक्रम कस्टमाइजेसन तालिम सम्पन्न

  • जेठ २८, २०८३
  • ७१६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

ओम प्रकाश यादव लहान जेष्ठ २८ । नवराजपुर गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा कक्षा १ देखि ५ सम्म अध्यापन गराउने प्रधानाध्यापक तथा शिक्षकहरूका लागि सञ्चालन गरिएको “एकीकृत पाठ्यक्रम कस्टमाइजेसन सम्बन्धी ५ दिने तालिम” सफलतापूर्वक सम्पन्न भएको छ।

गाउँपालिका अध्यक्ष  शिव उदगार यादवको अध्यक्षतामा सञ्चालन भएको उक्त तालिम २०८३ साल जेठ २२ गतेदेखि २६ गतेसम्म नवराजपुर गाउँपालिका–३ स्थित श्री रमेश महतो स्मृति जनता माध्यमिक विद्यालय, फुलबरियामा आयोजना गरिएको थियो। तालिममा गाउँपालिकाभित्रका विभिन्न सामुदायिक विद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरूको सक्रिय सहभागिता रहेको थियो। विद्यालय तहमा लागू गरिएको एकीकृत पाठ्यक्रमलाई स्थानीय आवश्यकता, विद्यार्थीको सिकाइ स्तर तथा स्थानीय परिवेशअनुसार प्रभावकारी रूपमा कार्यान्वयन गर्न सक्ने क्षमता विकास गर्ने उद्देश्यले तालिम सञ्चालन गरिएको शिक्षा शाखाले जनाएको छ।

तालिमका क्रममा सहभागीहरूलाई पाठ्यक्रम कस्टमाइजेसन, स्थानीय विषयवस्तुको समावेशीकरण, सिकाइ उपलब्धि अभिवृद्धि, पाठ योजना निर्माण तथा विद्यार्थी केन्द्रित शिक्षण सिकाइ विधिबारे व्यावहारिक प्रशिक्षण प्रदान गरिएको थियो। प्रशिक्षकहरूले पाठ्यक्रमलाई स्थानीय आवश्यकता र सन्दर्भसँग जोडेर शिक्षण प्रक्रियालाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका थिए।

समापन समारोहमा गाउँपालिका अध्यक्ष शिव उदगार यादवले गुणस्तरीय शिक्षा विकासका लागि शिक्षकहरूको क्षमता अभिवृद्धि अत्यन्त आवश्यक रहेको उल्लेख गर्दै यस्ता तालिमले विद्यालय शिक्षाको स्तर सुधार गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे। उनले विद्यार्थीमैत्री, व्यवहारिक तथा जीवनोपयोगी शिक्षाका लागि स्थानीय तह प्रतिबद्ध रहेको पनि बताए।

सहभागी शिक्षकहरूले तालिमबाट प्राप्त ज्ञान र सीपलाई विद्यालयमा व्यवहारिक रूपमा लागू गरी विद्यार्थीहरूको सिकाइ उपलब्धि सुधारमा उपयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। नवराजपुर गाउँपालिकाले शिक्षाको गुणस्तर अभिवृद्धि तथा विद्यालय शिक्षालाई समयानुकूल, प्रभावकारी र स्थानीय आवश्यकतामुखी बनाउन आगामी दिनमा पनि यस्ता क्षमता विकासमूलक कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।

प्रतिक्रिया दिनुहोस

पूर्वआईजीपीको ‘आशीर् ...

रंजित चौरसिया, वीरगंज २८ भदौ । नेपाल भारत सिमावर्ती क्षेत्र बारा जिल्लाको सिम्रौनगढ नाकाबाट प्रहरी प ...

वक्तालाई बोल्ने समय ...

रहमुल, सिरहा, २८ भदौ । विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप–२०७६ परिमार्जनका लागि सुझ ...

राष्ट्रिय बाल दिवसको ...

ओम प्रकाश यादव, सप्तरी भदौ २८ । राष्ट्रिय बाल दिवस–२०८३ को अवसरमा सप्तरीको खडक नगरपालिकामा प्र ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१