Siraha Times
ताजा समाचार

अस्पताल व्यवस्थापन समितिका पदाधिकारीलाई न्यूनतम सेवा मापदण्ड (MSS) सम्बन्धी अभिमुखीकरण

  • जेठ २८, २०८३
  • ४५१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रहमुल,लहान, २८ जेठ । मधेश प्रदेश अन्तर्गतका अस्पतालहरूको सेवा प्रवाहलाई थप प्रभावकारी, गुणस्तरीय र नागरिकमैत्री बनाउने उद्देश्यले अस्पताल व्यवस्थापन समितिका पदाधिकारीहरूका लागि न्यूनतम सेवा मापदण्ड (Minimum Service Standards–MSS) वार्षिक समीक्षा तथा अभिमुखीकरण कार्यक्रम जनकपुरमा सम्पन्न भएको छ।

कार्यक्रममा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष, सदस्य तथा सरोकारवाला पदाधिकारीहरूको सहभागिता रहेको थियो। अभिमुखीकरणका क्रममा अस्पतालमा लागू गरिएको न्यूनतम सेवा मापदण्डको वर्तमान अवस्था, वार्षिक समीक्षा, प्राप्त उपलब्धि, देखिएका चुनौती तथा सुधारका सम्भावित उपायबारे विस्तृत छलफल गरिएको थियो।

स्वास्थ्य संस्थाहरूमा उपलब्ध गराइने सेवाको गुणस्तर अभिवृद्धि, सेवाग्राहीको सन्तुष्टि वृद्धि, व्यवस्थापकीय क्षमता सुदृढीकरण तथा स्वास्थ्य सेवा प्रवाहमा उत्तरदायित्व र पारदर्शिता कायम गर्न MSS को प्रभावकारी कार्यान्वयन आवश्यक रहेको विषयमा सहभागीहरूलाई जानकारी गराइएको थियो।

कार्यक्रमका वक्ताहरूले अस्पताल व्यवस्थापन समितिको सक्रिय भूमिका, नियमित अनुगमन तथा स्थानीय स्तरमा स्रोत–साधनको प्रभावकारी परिचालनमार्फत स्वास्थ्य संस्थाहरूलाई थप व्यवस्थित र सेवामुखी बनाउन सकिने बताएका थिए।

कार्यक्रमको मुख्य उद्देश्य अस्पताल व्यवस्थापन समितिका पदाधिकारीहरूलाई MSS सम्बन्धी अवधारणा, मापदण्ड, मूल्याङ्कन प्रक्रिया तथा सुधार योजनाबारे अभिमुखीकरण गर्नुका साथै स्वास्थ्य संस्थाहरूको समग्र सेवा गुणस्तर सुधारका लागि साझा समझदारी र प्रतिबद्धता विकास गर्नु रहेको आयोजकले जनाएको छ। मधेश प्रदेश सरकारको स्वास्थ्य क्षेत्र सुधार तथा गुणस्तरीय स्वास्थ्य सेवामा सबै नागरिकको पहुँच सुनिश्चित गर्ने अभियानअन्तर्गत उक्त कार्यक्रम आयोजना गरिएको बताइएको छ।

प्रतिक्रिया दिनुहोस

खडक नगरपालिकामा सक्र ...

ओम प्रकाश यादव सप्तरी भदौ ३१ । खडक नगरपालिकामा सक्रिय क्षयरोग (TB) खोजपडताल तथा AI-XRAY सहितको निःशु ...

घरमा चर्पी नहुँदा ज् ...

ओम प्रकाश यादव लहान भदौ ३१ । घरमा चर्पी नहुँदा ज्यान जोखिममा : लहान नगरपालिकाको ‘घर&ndash ...

सुख्खा पहिरोका कारण ...

विनोद अविरल,सिराहा, भदौ ३१ । सिराहा जिल्लाको धनगढीमाई नगरपालिका–१४ स्थित बाझीगाछी क्षेत्रमा सु ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१