ताजा समाचार

स्वतन्त्र मधेश गठबन्धनका प्रथम सहिद राम मनोहरका श्रीमतीलाई जनस्वास्थ्य चौकीमा जागिर

  • भदौ ५, २०७६
  • १६६६ पटक पढिएको
  • सिराहा टाइम्स
alt

भदौ ५ । तत्कालीन स्वतन्त्र मधेश गठबन्धन बाँकेका नेता स्व.राम मनोहर यादवको श्रीमती सुनिता यादवलाई जनस्वास्थ्य चौकीमा जागिर दिइएको छ । बाँके जिल्लाअन्तर्गत जानकी गाउँपालिका वडा नम्बर ६ मा कार्यालय सहयोगीको रुपमा सुनितालाई जागिर दिइएको जनमत पार्टीका नेता इरफान शेषले मधेशवाणीलाई बताएका छन् । गत २४ फागुनमा नेपाल सरकार र स्वतन्त्र मधेश गठबन्धनबीच भएको सम्झौताअनुसार जागिर दिइएको उनले जनाएका छन् । जनमत पार्टीको विशेष पहलमा जागिर मिलाइएको छ । साथै तीनै जना बच्चालाई जनमत पार्टीकै पहलमा अध्यापन गराइरहेको छ । स्वतन्त्र मधेश गठबन्धन र नेपाल सरकारबीच भएको सम्झौतालाई अबिलम्ब लागू हुने गरि कार्य अघि बढाउनुपर्ने धारणा जनमत पार्टीका केन्द्रीय सदस्य तथा बाँके इन्चार्ज शेषले राखेका छन् । ‘हामी अगाडी बढिसकेका छौं, सरकारले पनि ढिला गर्नुहुँदैन तत्काल सम्झौता अनुसार अब हामी माथि लगाइएको राजनीतिक मुद्दाको खारिजी हुनुपर्ने’ धारणा व्यक्त गरेका छन् ।

साथै आगामी १५ गते स्व.राम मनोहर यादवको श्रृदान्जली कार्यक्रम आयोजना जनमत पार्टीले गर्ने जनाएका छन् । २०७५ भाद्र ७ गते बर्दिया को गुलारिया नगरपालिकामा तत्कालीन संघीय समाजवादी फोरमको कार्यक्रममा सहभागी भएको कारणले मात्रै चार जनालाई उपेन्द्र यादवको निर्देशनमा हिरासतमा लिइ राज्य बिरुद्ध को मुद्दा चलाइएको थियो । प्रहरी हिरासतमै राम मनोहर यादवको रहस्यमय मृत्यु पछि समस्या उत्पन्न भइ आन्दोलन समेत भएको थियो । राममनोहरसँगै इरफान अहमद शेष, राजित राम बर्मा र हरपाल सिंहलाई समेत पक्राउ गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤