स्वतन्त्र मधेश गठबन्धनका प्रथम सहिद राम मनोहरका श्रीमतीलाई जनस्वास्थ्य चौकीमा जागिर

  • भदौ ५, २०७६
  • १५२९ पटक पढिएको
  • सिराहा टाइम्स
alt

भदौ ५ । तत्कालीन स्वतन्त्र मधेश गठबन्धन बाँकेका नेता स्व.राम मनोहर यादवको श्रीमती सुनिता यादवलाई जनस्वास्थ्य चौकीमा जागिर दिइएको छ । बाँके जिल्लाअन्तर्गत जानकी गाउँपालिका वडा नम्बर ६ मा कार्यालय सहयोगीको रुपमा सुनितालाई जागिर दिइएको जनमत पार्टीका नेता इरफान शेषले मधेशवाणीलाई बताएका छन् । गत २४ फागुनमा नेपाल सरकार र स्वतन्त्र मधेश गठबन्धनबीच भएको सम्झौताअनुसार जागिर दिइएको उनले जनाएका छन् । जनमत पार्टीको विशेष पहलमा जागिर मिलाइएको छ । साथै तीनै जना बच्चालाई जनमत पार्टीकै पहलमा अध्यापन गराइरहेको छ । स्वतन्त्र मधेश गठबन्धन र नेपाल सरकारबीच भएको सम्झौतालाई अबिलम्ब लागू हुने गरि कार्य अघि बढाउनुपर्ने धारणा जनमत पार्टीका केन्द्रीय सदस्य तथा बाँके इन्चार्ज शेषले राखेका छन् । ‘हामी अगाडी बढिसकेका छौं, सरकारले पनि ढिला गर्नुहुँदैन तत्काल सम्झौता अनुसार अब हामी माथि लगाइएको राजनीतिक मुद्दाको खारिजी हुनुपर्ने’ धारणा व्यक्त गरेका छन् ।

साथै आगामी १५ गते स्व.राम मनोहर यादवको श्रृदान्जली कार्यक्रम आयोजना जनमत पार्टीले गर्ने जनाएका छन् । २०७५ भाद्र ७ गते बर्दिया को गुलारिया नगरपालिकामा तत्कालीन संघीय समाजवादी फोरमको कार्यक्रममा सहभागी भएको कारणले मात्रै चार जनालाई उपेन्द्र यादवको निर्देशनमा हिरासतमा लिइ राज्य बिरुद्ध को मुद्दा चलाइएको थियो । प्रहरी हिरासतमै राम मनोहर यादवको रहस्यमय मृत्यु पछि समस्या उत्पन्न भइ आन्दोलन समेत भएको थियो । राममनोहरसँगै इरफान अहमद शेष, राजित राम बर्मा र हरपाल सिंहलाई समेत पक्राउ गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस

कपिलवस्तु प्राविधिक ...

 अजय मिश्र कपिलवस्तु, पुस ७। कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका वडा नं २ स्थित कपिलवस्तु प्रा ...

मेयर चौधरीद्वारा छुट ...

ओम प्रकाश यादव लहान, पुष ६ । लहान नगरपालिकाका मेयर महेश चौधरीले नगरपालिकाको तर्फबाट वडा नम्बर– ...

आशा किरण केन्द्रको १ ...

वीरगंज ६ पौष । नेशनल मेडिकल कलेज प्रा. लि. र आशा किरण केन्द्रबीच औपचारिक सम्झौता हस्ताक्षर गरिए ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१