अवैध लागूऔषध सहित पक्राउ

  • भदौ ५, २०७६
  • ५८५ पटक पढिएको
  • सिराहा टाइम्स
alt

काठमाडौं, ५ भदौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमनतर्फ भन्सार कार्यालय अगाडिबाट कतार एयरवेजको फ्लाइटद्वारा दोहाबाट काठमाडौं आएका आइबेरीकोष्टका नागरिक राहदनी नम्बर १८ एटी ९५५१४ बाहक ३५ वर्षीय Marcel Guehi लाई अवैध लागूऔषध कोकिन १ किलो ६ सय ग्राम सहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण व्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । काठमाडौं, काठमाडौं महानगरपालिका-९ गौशला पिंङ्गलास्थानबाट अवैध लागूऔषध खैरो हेरोइन ३ ग्राम, डिजिटल तराजु २ थान, नगद ५० हजार रुपैयाँ र मोबाइल २ थान सहित ३ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कैलाली धनगढी उपमहानगरपालिका-२ घर भएका २५ वर्षीय हेम पाण्डे, उदयपुर त्रियुगा नगरपालिका-१० घर भएका २० वर्षीय निराजन घिमिरे र ललिपुर, ललितपुर महानगरपालिका-२२ बुङ्गती घर भएकी २७ वर्षीया अन्जना मालाकार रहेका छन् । लागूऔषध नियन्त्रण व्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

यसैगरी काठमाडौं महानगरपालिका-२६ नर्सिङचोक ठमेलस्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोइन ६ ग्राम, डिजिटल तराजु र नगद ३५ हजार रुपैयाँ सहित २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पाँचथर फिदिम नगरपालिका-५ घर भएका २८ वर्षीय सुरेन्द्र गुरूङ र पाँचथर मिक्लाजुङ गाउँपालिका-४ घर भएका २८ वर्षीय पाल्देन तामाङ रहेका छन् । लागूऔषध नियन्त्रण व्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । मकवानपुर, भिमफेदी गाउँपालिकाबाट दोलखा वैदेश्वर गाउँपालिका-१ घर भई काठमाडौं बौद्ध बस्ने पासाङ लामालाई नियन्त्रित लागूऔषध फेनारगन ५० एम्पुल, डाइजोल्याब ५० एम्पुल र नोर्फिन ५० एम्पुल सहित बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय भिमफेदीबाट खटिएको प्रहरीले वीरगंजबाट काठमाडौंतर्फ आउँदै गरेको ना.१ ज ५५२३ नम्बरको सुमो जाँच गर्ने क्रममा सुमोमा सवार लामालाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस

शिक्षा बन्द, सरकार च ...

दिलीप कुमार यादव सप्तरी रुपनी, वैशाख ७। देशमा शिक्षाको संकट झनै भयावह बन्दै गएको छ । सरकार मन्त्रीहर ...

प्रादेशिक अस्पताल सि ...

    नरेशचन्द्र बरबरिया सिरहा बैशाख  ६ । सदरमुकाम सिरहा स्थित प्रादेशिक अस् ...

मिटरब्याज विरुद्ध कि ...

सिरहाटाइम्स लहान वैशाख ६ । मिटरब्याज विरुद्ध किसन मजदुर आन्दोलन, नेपाल मिथिला कमाण्ड सिरहा जिल्ला सम ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१