कुपोषण र रक्तअल्पता जाँच गर्न स्वास्थयकर्मीहरु घरदैलो अभियानमा सक्रिय

  • भदौ ५, २०७६
  • ११०१ पटक पढिएको
  • सिराहा टाइम्स
alt

संजय विश्वकर्मा  लहान ५ ,भदौ सप्तरीको बोदेबरसाईन नगरपालिका वडा नं. २ नेङ्गडामा कुपोषित बच्चा र किशोरी गर्भवत्ती महिलाहरुमा रक्तअल्पत्ता पत्ता लगाउन माईक्रोस्कोपिक क्याम्प शिविर सम्पन्न भएको छ । सम्पन्न शिविरमा ३ सय ३७ जना बच्चामा गरीएको कुपोषण परिक्षणमा १८ जना अशक्त कुपोशित (शाम) र ७९ वालवालिका कुपोषित (माम) भेटिएको नगरपालिकाका स्वास्थ्य संयोजक बैधनाथ प्रसाद साहले जानकारी दिनुभएको छ । संयोजक साहका अनुसार ३१ जना गर्भबत्ती महिलामा गरिएको स्वास्थ्य जाँचमा १० जना रक्त अल्पत्ता भटीएकोछ भने २ सय ६३ जना किशोरीमा गरिएको स्वास्थ्य जाँचमा ३० जनामा रक्तअल्पत्ता भेटीएको उनले बताए । १० वटा वडा रहेको सो नगरपालिकामा यस अघि नै वडा नं. ३ र १ मा सो शिविर सम्पन्न भै सकेको छ । यसैगरी वडा नं. ५ को भाटिन र बोदेबरसाईन टोलमा समेत शिविर सम्पन्न भैसकेको आयोजक श्रोतबाट जानकारी प्रप्त भएकोछ । बाँकी वडाहरुमा भदै १७ गते देखि पुनः शिविर संचालन हुने नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत घनश्याम यादवले जानकारी दिनुभयो । शिविरमा पोसिलो खाना , स्वास्थ्य पोषण शिक्षा, वाल भिट्टा लगायत विभिन्न किसिमको औषधीहरु निशुल्क रुपमा वितरण समेत गरिरहेको नगरपालिकाका स्वास्थ्य सह –संयोजक अजय कुमार नेपालले बताउनुभयो । ९ वटा स्वास्थ्य चौकि रहेको नगरपालिकामा सबै स्वस्थ्य चौकिका स्वास्थ्यकर्मीहरु घरदैलो कार्यक्रममा जोरतोरका साथ खटिरहेको भने नगरका कुनैपनी बालबालिका कुपोषण हुन नदिनका साथै गर्भबत्ती महिला र किशोरीहरुलाई रक्तअल्पत्ताबाट जोगाउनका लागी नगरपालिकाले सक्रिय रुपमा अभियानको थालनी गरेको नगर प्रमुख आत्तेस कुमार सिंह यादवले बताए । received_867211433664588

प्रतिक्रिया दिनुहोस

कपिलवस्तु प्राविधिक ...

 अजय मिश्र कपिलवस्तु, पुस ७। कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका वडा नं २ स्थित कपिलवस्तु प्रा ...

मेयर चौधरीद्वारा छुट ...

ओम प्रकाश यादव लहान, पुष ६ । लहान नगरपालिकाका मेयर महेश चौधरीले नगरपालिकाको तर्फबाट वडा नम्बर– ...

आशा किरण केन्द्रको १ ...

वीरगंज ६ पौष । नेशनल मेडिकल कलेज प्रा. लि. र आशा किरण केन्द्रबीच औपचारिक सम्झौता हस्ताक्षर गरिए ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१