Siraha Times
ताजा समाचार

सिप सिक्दै ग्रामीण महिला

  • जेठ १९, २०८३
  • ५६४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

नविन चौधरी लहान, जेष्ठ १९ । सखुवानान्कारकट्टी गाउँपालिका वडा नं २ निवासी बिमला चौधरीलाइ खेतिपाती बाहेक सिपमुलक काममा कहिले संलग्न हुने अवसर मिलेन । घरायसी खर्चको व्यवस्थापन गर्न उनलाइ खेतिपाती नगरेर सुख छैन । त्यस्तै, आफ्नो हातमा सिप नहुँदा लक्ष्मिपुर पतारी गाउँपालिका वडा नं ४ निवासी सरस्वती सिंहलाइ पनि जहिले खेतिपातीमा दौडधुप गर्नुपर्छ । उनको दैनिक दिनचर्या, खेतिपाती, बाख्रा, गार्इ लगायतको स्याहारसुसारमा बित्ने गरेको छ । 

तर, अहिले भने दुबै जना अचार बनाउने सिपमुलक तालिममा सहभागी भएपछि भने दंग छन् । यहि जेष्ठ १८ गते देखि सुरू भएको ३ तिन दिने अचार बनाउने तालिममा दुबैजनाको सहभागिता उत्साहजनक छ । दुबैजनाले सिप सिकेर स्थानिय उत्पादनमा आधारित अचार बनाएर आत्मनिर्भर बन्ने कुरामा विश्वस्त छन् ।

उहाँहरू जस्तै, सखुवानान्कारकट्टी गाउँपालिकाबाट १० जना र लक्ष्मिपुर पतारी गाउँपालिकाबाट २५ जना गरी ३५ जना ग्रामीण महिलाहरू यस अचार बनाउने तालिममा सहभागि भएका छन् । बिमला र सरस्वती जस्तै लक्ष्मिपुर पतारी गाउँपालिका वडा नं १ कि संगिता सरदारलाइ पनि अचार बनाउने सिप सिकेर आफु आत्मनिर्भर बन्ने कुरामा विश्वास बढेको छ । "आफ्नो हातमा कमार्इ नभएछि घरपरिवार छरछिमेकिले नि हेला गर्दो रहेछन्, अब म आफै विभिन्न प्रकारका अचार बनाएर पैसा कमाउँछु, " संगिता भन्छिन् । 

स्थानिय उत्पादनमा आधारित विभिन्न प्रकारका अचार बनाएर अन्य महिलाहरू पनि आर्थिक रूपमा आफुहरू सक्षम हुने बताउँछन् । यस तालिममा तिन प्रकारका टमाटर, करेला र आँपको अचार बनाउन महिलाहरूले सिकिरहेका छन् । अहिले आँपको सिजन भएकोले आँपको अचार धेरै मात्रामा बिक्रि हुने गरेको पाइएकोछ । यस तालिममा अचार उत्पादन, प्रशोधन, सरसफाइ तथा गुणस्तर व्यवस्थापन, प्याकेजिङ, ब्रान्डीङ तथा बजारीकरण सम्बन्धी व्यवहारिक तथा सैद्धान्तिक विषयहरूमा ज्ञान प्रदान गरिरहेको तालिमका प्रशिक्षक तथा भुमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका खाद्य अनुशन्धान अधिकृत सञ्जय खड्काको भनाइ छ । उहाँले यस तालिममा अभ्यास मार्फत महिलाहरूको क्षमता विकास गरिरहेको बताए । साथै, यस तालिममा व्यवसाय दर्ता, साना उद्यम दर्ता तथा कानुनी प्रक्रियाका बारेमा पनि जानकारी प्रदान गरिने बताइएको छ । 

ग्रामिण महिलाका लागि आर्थिक सशक्तिकरण परियोजना अन्तर्गत, सप्रोस नेपालले उद्यमशिलता प्रर्वद्धनका लागि सिराहा जिल्लाको लाहानमा तिन दिने अचार बनाउने तालिमको आयोजना गरेको छ । ग्रामीण महिलाहरूको सिप विकास गरेर तिनिहरूको सामाजिक र आर्थिक सशक्तिकरणमा योगदान पुर्याउने र महिलाहरूको आर्थिक निर्णयमा सहभागिता अभिवृद्धि गर्ने उद्देश्यले यस तालिमको आयोजना गरिएको सप्रोस नेपालका कार्यक्रम फोकल पर्सन विजय कार्कि बताउँछन् । 

त्यस्तैगरी, कृषि विकासका लागि अन्तराष्ट्रिय कोषका (आइएफएडी), तथा ग्रामिण महिलाका लागि आर्थिक सशक्तिकरण परियोजनालागि राष्ट्रिय कार्यक्रम संयोजक त्रिभुव पौडेलले यस परियोजनाबाट नवपर्वतनिय व्यवसायिक कार्य सिकाइ पद्भति लागु गरिएको बताए । "यस परियोजना मार्फत हामीले महिलाहरूको नवपर्वतनिय व्यवसाय विकास, उद्यमशिलता विकास नयाँ र बढि नाफामुखी हुने तरिकाले गर्न खोजिरहेका छौं" पौडेलले भने ।

त्यसैगरी, यस परियोजना अन्तर्गत गठन गरिएको समुहका महिलाहरूलाइ वित्तिय साक्षरता र लैङ्गिक कार्य सिकाइ पद्धति मार्फत वित्तिय व्यवस्थापन, आयआर्जन, आर्थिक निर्णयमा सहभागिता अभिवृद्धि, नेतृत्व विकास लगायतका क्षेत्रमा क्षमता विकास गरिरहेको सामाजिक-आर्थिक सुपरभाइजर सुनिता थापा मगरले बताइन् ।

प्रतिक्रिया दिनुहोस

राष्ट्रिय कृषक समूह ...

रहमुल, लहान, २३ भदौ । राष्ट्रिय कृषक समूह महासंघ, नेपालले आफ्नो १६औँ स्थापना दिवस विभिन्न कार्यक्रमस ...

भोटेकोशी बाढीपहिरो प ...

ओम प्रकाश यादव लहान भदौ २३ । भोटेकोशी क्षेत्रमा आएको भीषण बाढीपहिरोबाट भएको ठूलो मानवीय तथा जनधनको क ...

शान्ति पुनर्स्थापना ...

कपिलवस्तु, भाद्र २२ । रसुवा जिल्लास्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण ज्यान गुमाएकाहरूप् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१