Siraha Times
ताजा समाचार

विश्व सुर्तीजन्य पदार्थ रहित दिवसमा लहानमा जनचेतनामूलक कार्यक्रम सम्पन्न

  • जेठ १८, २०८३
  • २९५ पटक पढिएको
  • रहमुल
alt

रहमुल लहान, १८ जेठ । विश्व सुर्तीजन्य पदार्थ रहित दिवसको अवसरमा नेपाल अर्बुद्ध रोग निवारण संस्था, लहान शाखाको आयोजनामा जनचेतनामूलक कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा जिल्ला समन्वय समिति सिरहाका प्रमुख दिनेश महतो प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो भने नेपाल अर्बुद्ध रोग निवारण संस्था लहान शाखाका संस्थापक सभापति अशोक लाल आमात्यको अध्यक्षता रहेको थियो।

त्यसैगरी जिल्ला उद्योग वाणिज्य संघ लहानका अध्यक्ष प्रदीप गुप्ता, संस्थाका केन्द्रीय सदस्य चन्द्रनारायण कुशवाहालगायत विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि दिनेश महतोले सुर्तीजन्य पदार्थको प्रयोगले मानव स्वास्थ्यमा गम्भीर असर पार्नुका साथै क्यान्सर, मुटु रोग, श्वासप्रश्वास सम्बन्धी समस्या लगायतका घातक रोग निम्त्याउने भएकाले यसको नियन्त्रण आजको प्रमुख आवश्यकता रहेको बताउनुभयो। उहाँले युवापुस्तालाई सुर्तीजन्य पदार्थको लतबाट जोगाउन परिवार, विद्यालय, स्थानीय सरकार तथा सामाजिक संघसंस्थाहरूले संयुक्त रूपमा जनचेतना अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो।

महतोले स्वस्थ समाज निर्माणका लागि सुर्तीजन्य पदार्थमुक्त वातावरण आवश्यक रहेको उल्लेख गर्दै यस्ता सचेतनामूलक कार्यक्रमले नागरिकमा सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास व्यक्त गर्नुभयो। अध्यक्ष अशोक लाल आमात्यले संस्थाले विगतदेखि नै क्यान्सर रोकथाम तथा स्वास्थ्य सचेतनाका क्षेत्रमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिनुभयो।

कार्यक्रममा वक्ताहरूले सुर्तीजन्य पदार्थ सेवनबाट हुने स्वास्थ्य जोखिम, यसको सामाजिक तथा आर्थिक प्रभाव र नियन्त्रणका उपायबारे प्रकाश पारेका थिए। कार्यक्रममा सहभागीहरूले सुर्तीजन्य पदार्थ त्याग्ने तथा अरूलाई पनि त्याग्न प्रेरित गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए। जनस्वास्थ्य प्रवर्द्धन तथा क्यान्सर न्यूनीकरणमा टेवा पुर्‍याउने उद्देश्यले आयोजित कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको आयोजकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

राष्ट्रिय कृषक समूह ...

रहमुल, लहान, २३ भदौ । राष्ट्रिय कृषक समूह महासंघ, नेपालले आफ्नो १६औँ स्थापना दिवस विभिन्न कार्यक्रमस ...

भोटेकोशी बाढीपहिरो प ...

ओम प्रकाश यादव लहान भदौ २३ । भोटेकोशी क्षेत्रमा आएको भीषण बाढीपहिरोबाट भएको ठूलो मानवीय तथा जनधनको क ...

शान्ति पुनर्स्थापना ...

कपिलवस्तु, भाद्र २२ । रसुवा जिल्लास्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण ज्यान गुमाएकाहरूप् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१