Siraha Times
ताजा समाचार

नेकपा नेता प्रभु साहले दिए प्रदेश २ अध्यक्षबाट राजीनामा

  • भदौ ३, २०७६
  • ६५२ पटक पढिएको
  • श्रीकान्त झा
alt

काठमाण्डौं । ०३ भाद्र । नेकपा नेता प्रभु साहले प्रदेश २ अध्यक्षबाट राजीनामा दिएका छन् । पार्टी अध्यक्ष
पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर साहले प्रदेश अध्यक्ष पदबाट राजीनामा दिएका हुन् ।

स्थायी कमिटी सदस्यका प्रवल दाबेदार मानिएका साहको नाम कमिटीमा नपरेपछि उनी असन्तुष्ट थिए । तर पनि पार्टी एकीकरणलाई निष्कर्षमा पुर्याउन उनी मौन बसेका थिए ।
प्रदेश अध्यक्षको जिम्मेवारी पाइसकेपश्चात पनि उनलाई भूमिकाविहीन बनाइएको थियो । प्रदेश कमिटी सदस्यहरुको चयनदेखि पछिल्लो समय जिल्ला कमिटीको पदाधिकारी चयन गर्दा प्रदेश कमिटीलाई अप्ठ्यारो पार्ने सोचबाट भएको बुझाइ साहको छ। प्रदेश सदस्यहरुको चयन गरिँदा अध्यक्ष साहसँग सल्लाह नगरी पार्टी सदस्य नभएकालाई समेत प्रदेश सदस्य बनाइएपछि पनि असन्तुष्ट थिए ।

पार्टीको माथिल्लो निकायको गलत निर्णय र निर्देशनका कारण काम गर्ने वातावरण नभएको साहको बुझाइ छ । प्रदेश अध्यक्षको रुपमा आफूले अगाडि बढाएका हरेक कार्यमा पार्टीको नेतृत्व तहबाट नै असहयोग र चौतर्फी घेराबन्दी भएका कारण पदबाट राजीनामा दिएको उनको भनाइ छ ।

सर्वसम्मत ढङ्गबाट चुनिएको ज़िल्ला कमिटीको सपथ ग्रहण कार्यक्रम एवं जनप्रतिनिधिहरूको प्रशिक्षणसमेत विनाकारण नेतृत्व तहबाट रोकिएकोमा चित्त दुखेको उनी निकट स्रोतले बताउँछन् । स्रोतका अनुसार वरिष्ठ नेता माधव कुमार नेपालको विरोधपछि पार्टी अध्यक्षले शपथ ग्रहण रोक्न निर्देशन दिएको अन्लाईन खवरमा सामाचार छ।

प्रतिक्रिया दिनुहोस

सिराहा: कल्याणपुर प् ...

विसुनदेव सरदार लहान, भदौ १३ । सिराहाको कल्याणपुरमा भएको मोटरसाइकल दुर्घटनाको घटनालाई प्रहरीले उचित क ...

भोटेकोशी बाढी प्रभाव ...

ओम प्रकाश यादव लहान, भदौ ११ । भोटेकोशी क्षेत्रमा आएको भीषण बाढीबाट प्रभावित तथा विस्थापित समुदायलाई ...

बाढीपीडितका लागि लहा ...

सिरहा टाइम्स लहान भदौ ११ । चीनको तिब्बततर्फबाट भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको अकल्पनीय बाढीबाट र ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१