ताजा समाचार

५ देशका ४१ जना कलाकारको जमघट एक्कै ठाऊ

  • चैत २५, २०७४
  • १२१६ पटक पढिएको
  • सिराहा टाइम्स
alt

घनश्याम मिश्र चैत्र २५ । नेपाल आर्ट काउंसिलमा अहिले नेपाली सहित विदेशी कलाकारहरुको कला हेर्न घुइचो लाग्ने गरेको छ । हिजो देखी नै शुरू भएको ५ दिने कला प्रदर्शनिको उद्घाटन एक समारोह विच नेपालका संस्क़ृति, पर्यटन तथा उड्डयन मंत्री रविन्द्र अधिकारीले गर्नुभएको थियो । प्रदर्शनी को उद्घाटन गर्दै मंत्री अधिकारिले यस्ता खाले प्रदर्शनी बाट कला मात्र न भई देश देश बीच को सम्बन्ध समेत विस्तार हुनुको साथै कलकारको नेतृत्व समेत विकाश हुने विस्वाश ब्यक्त गरेका थिए । चैत्र २४ गते देखी सुरु भएको 'आर्ट-अग्जीविसन' मा मिथिला आर्टको पेंटिंग समेत राखिएको महोत्तरीबाट सहभागिहुन पुगेकी सुनैना ठाकुरले जानकारी दिएकी हुन । चैत्र २८ सम्म काठमाण्डू को बब्बर महल स्थित नेपाल आर्ट कॉउन्सिलको सभा गृहमा सुरु भएको ५ दिने प्रदर्शनीको नेपालका क्रिएटिभ वुमन अर्गनाईजेसन र भारतका आर्ट केरला मुजरिश ऑफ इंडिया ले संयुक्त रुपमा आयोजन गरेको बांग्लादेश की कलाकार नरगीश सोमा (प्रवीण) ले जानकारी दिईन । ५ ओटा देशका खप्पीस कलाकारद्वारा बनाइएको आर्ट हेर्ने लायक मनमोहक र हृदयस्पर्शी रहेको आगन्तुक अतिथिहरुले प्रतिक्रिया दिएका छन । कार्यक्रममा नेपालका बरिष्ठ कलाकार यस.सी. सुमन, ललितकला केन्द्र की कुलपति रागनी उपाध्याय, पूर्व मंत्री एस. पी. कोइराला लगायत अन्य महत्वपूर्ण ब्यक्तिहरुको समेत उपस्थिति रहेको थियो । प्रदर्शनीमा नेपालका १५ जना कलाकारहरु कलाकृति प्रदर्शन मा राखिएको बंगलादेशी कलाकार नरगीश सोमा को भनाइ छ । सुनैना का अनुसार २२ जना भारतीय कलाकारको पेंटिंग्स ले प्रदर्शनिको रौनक बढाएको खुशी ब्यक्त गर्छिन । जोधासिंह चौधरी, आर. जयंत कुमार, विधान विस्वाश, टी. शन्तोष मित्रा लगायतका भारतीय कलाकरहरुको उपस्थिति रहेको छ भने नेपालका रंजुकुमारी यादव, प्रमिला परियार, मिथिला देवी, अरुणा हिंगमांग, सुष्मा राज भण्डारी, सारदा चित्रकार सहितको कलाकृति समविष्ठ गरिएको छ । त्यस्तै प्रदर्शनिमा छुटै देखिएको नरगिश सोमा(प्रवीण) को आर्ट ले सबै को मन जितेको हो । ब्राजीलका मेरी आमंदा, सेलेरोनाभस सहित सिंगापुरियन कलाकार जलीला नियाज र अनिला को आर्टको प्रशंशक पनि कम छैनन । यस्ता प्रदर्शनी ले ऊर्जा थपेको सुनाउछिन कलाकार सुनैना र नरगिस ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤