Siraha Times
ताजा समाचार

प्रदेश प्रहरीलाई अनुसन्धानको क्रममा कुनै प्रकारको दवावमा नपरी निष्पक्ष र निर्धक भएर अनुसन्धान गर्न प्रदेश २ सरकारको निर्देशन

  • भदौ ३, २०७६
  • ९९८ पटक पढिएको
  • श्रीकान्त झा
alt

जनकपुरधाम ।०३ भाद्र । प्रदेश २ सरकाले प्रदेश प्रहरीलाई अनुसन्धानको क्रममा कुनै प्रकारको दवावमा नपर्न निर्देशन दिएको छ ।   मुख्यमन्त्री लालबाबु राउतले अपराध नियन्त्रणको लागि निष्पक्ष अनुसन्धान हुनुपर्ने भएकोले कसैको दवाव वा प्रभावमा नपर्न निर्देशन दिएका हुन् ।

सोमबार प्रदेश प्रहरी कार्यालयमा आयोजित प्रदेश सरकारबाट प्राप्त सुरक्षा सामग्रीको हस्तान्तरण तथा निरीक्षण कार्यक्रममा मुख्यमन्त्री राउतले शान्ति सुरक्षा विना प्रदेशको समृद्धि सम्भव नरहेकोले प्रदेश सरकार सुरक्षा व्यवस्था प्रति सम्वेदनशिल रहेको उल्लेख गरे । साथै उनले प्रदेश प्रहरीलाई आवश्यक सुरक्षा सामग्रीहरुमा कुनै पनि प्रकारको कमी हुन नदिने प्रतिवद्धता समेत व्यक्त गरे ।

प्रदेश सरकारले यस आर्थिक वर्षमा प्रदेश प्रहरीलाई उपलब्ध गराएको सुरक्षा सामग्रीहरु मुख्यमन्त्री राउतले प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक प्रधुमन कुमार कार्कीलाई हस्तान्तरण गराएका हुन् ।

कार्यक्रममा आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र कुमार यादवले प्रदेश प्रहरीलाई साधन स्रोत सम्पन्न बनाउन कुनै कमी नराखिने बताए । उनले एकाइसौ सताब्दीमा अपराधको प्रवृतिमा समेत परिवर्तन भएकोले सोही अनुरुप प्रहरीलाई समेत रुपान्तरण गरिने उल्लेख गरे ।

कार्यक्रममा जनकपुर उपमहानगरका प्रमुख लालकिशोर साहसहितको उपस्थिति रहेको थियो । उक्त अवसरमा उत्कृष्ट कार्य गर्ने प्रहरी अधिकारीहरुलाई सम्मान समेत गरिएको नेपालटपमा सामाचार छ ।  

प्रतिक्रिया दिनुहोस

सिराहा: कल्याणपुर प् ...

विसुनदेव सरदार लहान, भदौ १३ । सिराहाको कल्याणपुरमा भएको मोटरसाइकल दुर्घटनाको घटनालाई प्रहरीले उचित क ...

भोटेकोशी बाढी प्रभाव ...

ओम प्रकाश यादव लहान, भदौ ११ । भोटेकोशी क्षेत्रमा आएको भीषण बाढीबाट प्रभावित तथा विस्थापित समुदायलाई ...

बाढीपीडितका लागि लहा ...

सिरहा टाइम्स लहान भदौ ११ । चीनको तिब्बततर्फबाट भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको अकल्पनीय बाढीबाट र ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१