गृह सचिव प्रेम कुमार राईबाट प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालसँग कार्यसम्पादन सम्झौता, २०७६ मा हस्ताक्षर सम्पन्न

  • भदौ ३, २०७६
  • १५२० पटक पढिएको
  • सिराहा टाइम्स
alt

भदौ ३ । गृह मन्त्री राम बहादुर थापा ‘बादल’को उपस्थितिमा गृह मन्त्रालयमा सोमबार आयोजित समारोहमा गृह सचिव प्रेम कुमार राईबाट प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालसँग कार्यसम्पादन सम्झौता, २०७६ मा हस्ताक्षर सम्पन्न भएको छ । उक्त अवसरमा गृह मन्त्री थापाले सम्झौताले आफ्नो काम, जिम्मेवारी र उद्देश्यप्रति बढी गम्भीर बनाउने उल्लेख गर्दै सम्झौता इतिहासकै अग्निपरीक्षा भएकोले उत्कृष्ट नतिजा ल्याउन खरो रुपमा उत्रिन संकल्प गर्नुपर्ने बताउनुभयो । राज्यले लक्ष्य राखेको विकास र समृद्धि हासिल गर्न सम्झौताले महत्वपूर्ण भूमिका निर्वाह गर्ने उहाँले उल्लेख गर्नुभयो ।

गृह मन्त्री थापाले सम्झौता हामीले गर्ने कामको एक विधिको साथै क्षमताको मूल्याङ्कनको आधार भएकोले राम्रो काम गरे राम्रो मूल्याङकन, बृत्तिविकास र नेतृत्व विकास हुने बताउनुभयो । राज्यको लक्ष्य प्राप्ति र सुशासनलाई अझ सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास उहाँले व्यक्त गर्नुभयो । समारोहमा गृह सचिव प्रेम कुमार राईले विगतमा प्रमुख जिल्ला अधिकारीसँग गरिएका सम्झौता फलदायि भएको चर्चा गर्दै आफ्नो कामलाई प्रणालीगत रूपमा अगाडि बढाएमा लक्ष्यमा पुग्न सफल भइने उल्लेख गर्नुभयो । राज्यको लक्ष्य पूर्ति गर्न सबैले समान योगदान दिनुको साथै सम्झौता बमोजिम काम गर्न क्रियाशील हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।

सार्वजनिक प्रशासनलाई जिम्मेवारीप्रति प्रतिवद्व, कानुन कार्यान्वयनमा दृढ, प्रक्रियामा सरलीकरण र पारदर्शी एवम् नतिजामा उत्तरदायी बनाउन तोकिएको कार्य समय, पदीय अधिकारको सीमा र सोपानसँग आवद्व गर्दै समग्रमा जनता र संगठनप्रति जवाफदेही बनाउँदै सुशासन कायम गर्न, प्रशासनमा नवप्रवर्तन र सिर्जनशीलता अभिवृद्वि गर्न गृह प्रशासन सुधार कार्ययोजना, २०७४ र सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को व्यवस्थासमेतका अधिनमा रही गृह मन्त्रालयको समग्र कार्यसम्पादनको स्तर बढाउन आन्तरिक क्षमता सुदृढ गर्ने अभिप्रायका साथ गृह सचिवबाट नेपाल प्रहरीका प्रहरी महानिरीक्षकसँग आफ्नो नियन्त्रणको सीमाभित्र तोकिएको कार्य क्षेत्र, जिम्मेवारी, स्पष्ट कार्य शर्त सूचक सहितका कार्यहरू निर्दिष्ट गरी कार्यसम्पादन सम्झौता गरिएको हो । एक आर्थिक वर्ष अवधिको रहने उक्त कार्यसम्पादन सम्झौतामा सात वटा कार्य शर्तहरू र २२ वटा कार्यसम्पादन लक्ष्य र सूचकहरू रहेका छन् । समारोहमा गृह मन्त्रीका सल्लाहकारद्वय डा. ईन्द्रजित राई र सूर्य सुवेदी ‘पथिक’, गृह मन्त्रालयका वरिष्ठ अधिकारीहरू समेतको उपस्थिति रहेको थियो ।

Image may contain: 2 people, people sitting and indoor

Image may contain: 1 person, sitting, table and indoor

प्रतिक्रिया दिनुहोस

लहानमा कुपोषण व्यवस् ...

रहमुल, लहान २६ चैत्र । सिरहाको लहान नगरपालिकामा कुपोषण न्यूनीकरण तथा स्वास्थ्य सेवा सुदृढीकरण गर्ने ...

Together for Health, ...

ओम प्रकाश यादव लहान चैत २५ । सप्तरी र सिरहा जिल्लामा “Together for Health, Stand with Science& ...

कपिलवस्तु क्षेत्र नं ...

धर्मेन्द्र कुमार कुर्मी, विजयनगर  कपिलवस्तु चैत २४ । कपिलवस्तु क्षेत्र नं. ३ का प्रतिनिधिसभा सद ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१