प्रदेश १ का १०७ उद्योग बन्द, ३० हजार श्रमिक अन्यौलमा

  • भदौ २, २०७६
  • १४६१ पटक पढिएको
  • श्रीकान्त झा
alt

बिराटनगर ०२ भाद्र । सरकारले एक वर्षमा ५ लाख रोजगारी सिर्जना गर्ने घोषणा गरिरहेका बेला सुनसरी(मोरङ औद्योगिक कोरिडोरका सयभन्दा बढी उद्योग बन्द हुँदा हजारौं श्रमिकको रोजगारी गुमेको छ । प्रमुख औद्योगिक शहर बिराटनगर, दुहबी र खनारमा सञ्चालित उद्योगहरु सरकारको बेवास्ताले गर्दा घरासायी हुन थालेको उद्योगीहरुको गुनासो छ । सुनसरी-मोरङ औद्योगिक करिडोर आसपासका क्षेत्रमा साना-ठूला गरी ६६५ उद्योग सञ्चालनमा छन् । यीमध्ये १५० वटा ठूला र मझौला उद्योग खुलेकोमा अहिले १०७ वटा त्यस्ता उद्योग बन्द भएको उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरेले बताए । बन्द भएका यी १०७ उद्योगमा २३ अर्बको लगानी थियो भने ३० हजार श्रमिकले रोजगारी पाएका थिए । घिमिरेका अनुसार अशोक टेक्सटायल, प्रभात टेक्सटायल लगायत आधा दर्जन भन्दा बढी टेक्सटायल उद्योगहरु बन्द भएका छन् ।

त्यसैगरी दुहबीको बंशल इण्डष्ट्रिज (पाइप उद्योग) बन्द भएको छ । आइरन उद्योग, कर्कट पाता र पाइप उद्योगहरु पनि बन्द भएका छन् । अम्बे, सांग्रिला इन्टरनेशनल, अमी, जेडी, इजी वेयर, फेसन फेब्रिक, जस्ता तयारी पोशाकका ठूला उद्योग पनि यसबीचमा बन्द भएका छन् । ठूलो स्वदेशी लगानीका पशुपति सावन, अन्नपूर्ण सप, नेशनल पाइप लगायतका दर्जन बढी नाम चलेका उद्योग बन्द भएका छन् । मोरङ(सुनसरीमा ११ वटा ठूला जुट उद्योगहरु सञ्चालनमा थिए । अहिले ५ वटा मात्रै सञ्चालनमा रहेको उद्योगी राजकुमार गोल्छा बताउँछन् । विदेशी लगानीका बंशल नेपाल, क्रिस्टेन, सूर्य नेपाल लगायत करिव एक दर्जन उद्योग बन्द भएका छन् । वंशल र क्रिस्टेनले कर्कट पाता एवं जीआइपी पाइप उत्पादन गरी भारत लगायतका मुलुकमा तयारी वस्तु निर्यात गर्दै आएका थिए । सूर्य नेपालबाट उत्पादित तयारी वस्तु विभिन्न मुलुकमा निर्यात हुँदै आएको थियो । यस करिडोरमा सञ्चालित उद्योगमध्ये १९ प्रतिशतले उत्पादित वस्तुहरु विदेश निर्यात गर्दै आएका छन् । रोजगारी पनि गुम्दै उद्योग विभागको तथ्यांक अनुसार सुनसरी(मोरङ औद्योगिक करिडोरका उद्योगहरुमा ५ अर्ब रुपैयाँको लगानी छ । तर, पछिल्लो समय सयभन्दा बढी उद्योग बन्द भएपछि करिब ३० हजार मजदुरले रोजगारी गुमाएका छन् ।

उद्योग संगठन मोरङको तथ्यांकअनुसार सुनसरी(मोरङ औद्योगिक करिडोर क्षेत्रमा सञ्चालन भएका उद्योगमा अहिले ५० हजार मजदुरले रोजगारी पाएका छन् । दुई बर्षअघि यस क्षेत्रमा ८० हजार मजदुर कार्यरत थिए । मोरङ(सुनसरी औद्योगिक करिडोरका उद्योगहरुले जुट, चाउचाउ, बिस्कुट, तेल, मैदा, रिफाइनरी तेल, छाला, जुत्ता, चप्पल, धागो, साबुन, वायर, रड, स्टील, कर्कटपाता, प्लाष्टिकका सामान, सिमेण्ट, दाना, बिजुलीको तार, जीआई पाइप, चामललगायत वस्तु उत्पादन गर्दै आएका छन् । ‘अधिकांश उद्योग यही क्षेत्रमा सञ्चालनमा छन् । कोसी राजमार्ग छेउछाउ प्रतिकठ्ठा जग्गाको मूल्य कम्तिमा ३०र४० लाख रुपैयाँ पर्छ,’ मुन्दडाले भने,’एउटा उद्योग स्थापनाका लागि ४र५ बिघा जग्गा आवश्यक पर्छ । जग्गा खरीदमै न्यूनतम १०र११ करोड खर्चिनुपर्ने अवस्था छ ।’

प्रतिक्रिया दिनुहोस

शिक्षा बन्द, सरकार च ...

दिलीप कुमार यादव सप्तरी रुपनी, वैशाख ७। देशमा शिक्षाको संकट झनै भयावह बन्दै गएको छ । सरकार मन्त्रीहर ...

प्रादेशिक अस्पताल सि ...

    नरेशचन्द्र बरबरिया सिरहा बैशाख  ६ । सदरमुकाम सिरहा स्थित प्रादेशिक अस् ...

मिटरब्याज विरुद्ध कि ...

सिरहाटाइम्स लहान वैशाख ६ । मिटरब्याज विरुद्ध किसन मजदुर आन्दोलन, नेपाल मिथिला कमाण्ड सिरहा जिल्ला सम ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१