Siraha Times
ताजा समाचार

१ कार्यदिनमै कम्पनी दर्ता, ५ दिनमै खारेजी : नेपालमा कम्पनी प्रशासन अब पूर्ण अनलाइन

  • वैशाख २६, २०८३
  • २६९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

काठमाडौं वैशाख २६ । नेपालमा कम्पनी दर्ता तथा खारेजी प्रक्रियामा ठूलो सुधार गरिएको छ। कम्पनी रजिष्ट्रारको कार्यालयले अब अनलाइन प्रणालीमार्फत केवल १ कार्यदिनमै कम्पनी दर्ता र ५ कार्यदिनभित्र कम्पनी खारेजी गर्ने नयाँ व्यवस्था लागू गरेको जनाएको छ।

यसअघि कम्पनी दर्ता प्रक्रिया झन्झटिलो मानिन्थ्यो र पूरा हुन करिब एक सातासम्म समय लाग्ने गर्थ्यो। कम्पनी बन्द वा खारेजी गर्न झन् लामो समय कुर्नुपर्ने अवस्था थियो। तर नयाँ व्यवस्थासँगै अब कम्पनीको नाम स्वीकृति, नयाँ कम्पनी दर्ता तथा अन्य प्रशासनिक प्रक्रिया अत्यन्त छिटो र सहज रूपमा सम्पन्न हुने कार्यालयले जनाएको छ।

कार्यालयका अनुसार कम्पनी खारेजी प्रक्रिया पनि अब पूर्ण रूपमा अनलाइन प्रणालीबाट सञ्चालन हुनेछ। आवश्यक कागजात र प्रक्रिया पूरा भएपछि ५ कार्यदिनभित्र निर्णय हुने व्यवस्था मिलाइएको छ। साथै, लगातार तीन वर्षसम्म विवरण नबुझाउने वा सञ्चालनमा नरहेका कम्पनीहरूको दर्ता कार्यालयले स्वतः खारेज गर्न सक्ने व्यवस्था पनि कडाइका साथ कार्यान्वयनमा ल्याइएको छ।

नयाँ प्रणाली “फेसलेस सेवा” अवधारणामा आधारित रहेको बताइएको छ। यसअन्तर्गत सेवाग्राहीले अब कार्यालय धाउनुपर्ने आवश्यकता नपर्ने भएको छ। सबै प्रक्रिया अनलाइनबाटै सम्पन्न हुने भएकाले बिचौलियाको प्रभाव समेत अन्त्य हुने अपेक्षा गरिएको छ।

हाल नेपालमा करिब ३ लाख ७१ हजार कम्पनी दर्ता भएका छन् भने हजारौँ कम्पनीको खारेजी प्रक्रिया पूरा भइसकेको कार्यालयले जनाएको छ। कम्पनी प्रशासनलाई अझ पारदर्शी, छिटो र प्रविधिमैत्री बनाउन आवश्यक निर्देशिका संशोधनको काम पनि अगाडि बढाइएको छ।

सरकारको यो कदमलाई व्यवसाय सुरु गर्न चाहने उद्यमीका लागि ठूलो राहतका रूपमा हेरिएको छ। विशेषगरी युवा उद्यमी र स्टार्टअप व्यवसायलाई प्रोत्साहन गर्ने उद्देश्यले ल्याइएको यो व्यवस्था “स्टार्टअप–फ्रेन्डली वातावरण” निर्माणतर्फ महत्वपूर्ण कदम मानिएको छ।

प्रतिक्रिया दिनुहोस

सुकुम्बासी बस्तीमा ड ...

काठमाडौं वैशाख २६ । सुकुम्बासी बस्तीमा जबर्जस्ती डोजर चलाएर उठीबास लगाइएको भन्दै भूमिहीन तथा सुकुम्ब ...

सिरहाका छुट्टाछुट्टै ...

ओम प्रकाश यादव लहान, वैशाख २५ । सिरहाका छुट्टाछुट्टै स्थानबाट प्रहरीले लागुऔषधसहित तीन जनालाई पक्राउ ...

रुपन्देहीमा कार र मो ...

ओम प्रकाश यादव लहान, वैशाख २४ । रुपन्देही जिल्लाको लुम्बिनी साँस्कृतिक नगरपालिका–६ पिपरा स्थित ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१