चिकित्सकको लापरवाही : जनकपुर अञ्चल अस्पतालले लियो युवकको ज्यान

  • भदौ २, २०७६
  • १३७६ पटक पढिएको
  • श्रीकान्त झा
alt

जनकपुरधाम । ०२ भाद्र । चिकित्सकको लापरवाहीका कारण जनकपुर अञ्चल अस्पतालमा एक युवकको ज्यान गएको छ। शनिबार सामान्य ज्वरो र पेट दुखेपछि उपचारका लागि आएका महोत्तरीको पिपरा गाउँपालिका बनौली बस्ने छविकान्तका २१ वर्षीय छोरा कुन्दन झाको चिकित्सकको लापरवाहीको कारण आइतबार मृत्यु भएको परिवारजनले आरोप लगाएका छन्। भर्ना भएको बेला आकस्मिक कक्षका चिकित्सकले समयमा चेकजाँच तथा उपचार नगरेको र पछि ड्युटीमा रहेका ल्याबका कर्मचारी र डा।आनन्दकुमार झाको लापरवाहीले कुन्दनको ज्यान गएको पीडित परिवारको भनाई छ। मृतक कुन्दनका भिनाजु आसुतोष झाका अनुसार आइतबार बिहान पौने ५ बजे डा।आनन्दकुमार झाले बिरामीको अवस्था सिकिस्त रहेकोले आईसीयुमा भर्ना गर्नुपर्ने भन्दै बाहिरको निजी अस्पतालमा लान सुझाव दिएका थिए। तर, आफूहरुले जनकपुर अञ्चल अस्पतालमै आईसीयु रहेको र त्यसमै भर्ना गरिदिन आग्रह गर्दा यहाँ खाली नरहेको भनी भर्ना गर्न नमानेको उनीहरूले बताए। त्यसपछि बाहिर लान एम्बुलेन्सको खोजी गर्दागर्दै कुन्दनको ज्यान गएको थियो।

जनकपुर अञ्चल अस्पतालमा आईसीयुको तीनवटा बेड खाली हुँदाहुँदै डाक्टरले कमीशनको चक्करमा त्यसमा भर्ना नगरेको र आईसीयुकै बहानामा उपचार राम्ररी नगरेकोले कुन्दनको मृत्युु हुन गएको परिवारको आरोप छ। उनले अस्पतालका चिकित्सक र ल्याबका कर्मचारीको चरम लापरवाहीले ज्यान गएको भन्दै घटनाको न्यायीक छानविनसहित दोषीमाथि कारवाहीको माग गरेको छ। घटनापश्चात अस्पतालको अवस्था तनावग्रस्त बनेको थियो। मृतकका आफन्तजनले दोषीमाथि कारवाहीको माग गर्दै नाराजुलुस समेत गरेका थिए। यता उपचारमा संलग्न चिकित्सक डा।आनन्दकुमार झाले सुरुमा बिरामीको अवस्था समान्य भए पनि ल्याबको रिपोर्ट ढिलो आएको कारण बिरामीलाई बचाउन नसकिएको बताए। उनले भने, ‘ज्वरो र पेट दुखाई भए पनि सुरुमा बिरामीको अवस्था समान्य थियो। तर, रगत र पिसाव परीक्षणको रिपोर्ट ल्याबले ४ घण्टा ढिलो दिएका कारण सुगरले बिरामीको अवस्था गम्भीर हुन गयो र समयमै आईसीयुमा भर्ना नगर्दा बिरामीको मृत्यु भयो।’ उपचारमा संलगन चिकित्सक डा। अनन्दकुमार झाले सुरुमा बिरामीको अवस्था समान्य भएपनि ल्याबको रिपोर्ट ढिलो आएको कारण बिरामीलाई बचाउन नसकेको स्वीकार गर्नुभयो । ‘मैले सुरुमै विरामीलाई देखे समान्य ज्वरो थियो, अलि अलि पेट दुखेको थियो । मैले रगत पिसाव परीक्षण गराउन भने ।

रगत पिसावको रिपोर्ट ४ घण्टा ढिलो आयो । रिपोर्ट हेर्दा विरामीलाई सुगरले च्यापिसकेको थियो, रगतको पनि अभाव थियो’ डा।झाले भन्नुभयो ‘रिपोर्ट समयमै पाएको भए बिरामीलाई कन्ट्रोल गर्न सक्थे ।’ ‘बिरामीलाई आईसियुमा राख्नुपर्ने अवस्था थियो । एकजना बिरबहादुर नामको स्टापलाई आईसियुको बेड खाली छकी छैन हेर्न पठाए । उनले आएर भने खाली छैन । अनि मैले बिारमीलाई बाहिर लग्न भने । त्यसको केहि बेरमै बिरामीको मृत्यु भयो । यसमा मेरो कुनै लापरवाही छैन । ’ उहाँले भन्नुभयो । सुरुमा बिरामीको अवस्था समान्य रहेकाले बाहिर रेफर नगरेको र रिपोर्ट आएपछि अवस्था बिग्रेको देखेपछि मात्र बाहिर लग्न सल्लाह दिएको डा.झाको भनाई छ । यता घटनापछि अंचल अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा।नागेन्द्र यादवले बाहिर आएको कुरा अनुसार उपचारमा संलग्न चिकित्सक र ल्याबका कर्मचारीमाथि छानविन गरी लापरवाही गरेको भए कार्वाही गर्ने बताउनुभयो । ‘मैले यो विषयमा चिकित्सकसंग कुरा गरे । डा. आनन्द झाले अर्को स्टापलाई आइसियुमा खाली छ की छैन हेर्न पठाएको थिए । मैले डा. झालाई आफै किन हेर्न जानु भएन प्रश्न गरेको छु, ल्याबको ढिलासुस्तीको पनि कुरा आएको छ । म यस विषयमा छानविन गरेर लापरबाही गर्नेलाई कार्वाही गर्ने प्रतिवद्धता जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

पर्साको श्रीसिया नाक ...

रन्जित चौरसिया वीरगंज ८ मंसिर । पर्सा जिल्लाको श्रीसिया नाका हुदै व्यापक रुपमा तस्करी फस्टाएपनि स्था ...

हिन्दु युवा शक्ति कप ...

धर्मेन्द्र कुमार कुर्मी कपिलवस्तु जिल्लाकाे शिवराज नगरपालिका वडा नं ३ खारेन्द्रपुरमा आज हिन्दु युवा ...

प्राकृतिक प्रकोप बाट ...

रहमुल लहान ६ मंसिर सिरहा र सप्तरी जिल्लाका धगनढीमाई, लक्ष्मीपुर पतारी, सखुवानन्कारकट्टी, भगवानपुर, र ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

best free website hit counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१