ताजा समाचार

हावाहुरीपीडित मुसहर बस्तीका लागि लहान नगरपालिकाले बनाइदिने भए घर

  • वैशाख ९, २०८३
  • ४८५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

ओम प्रकाश यादव लहान, वैशाख ९ । हालै आएको हावाहुरीका कारण लहान नगरपालिका–२१ स्थित मुसहर समुदायको बस्तीमा ठूलो क्षति पुगेपछि लहान नगरपालिकाले पीडित परिवारका लागि घर निर्माण गरिदिने घोषणा गरेको छ। प्राकृतिक विपत्तिका कारण बस्तीका दर्जनौं घर पूर्ण तथा आंशिक रूपमा ध्वस्त भएपछि स्थानीय बासिन्दा खुला आकाशमुनि बस्न बाध्य भएका थिए।

नगरपालिकाका अनुसार हावाहुरीबाट सबैभन्दा बढी प्रभावित मुसहर समुदायको जीवनयापन अत्यन्त कष्टकर बनेको छ। विपन्न र दैनिक ज्यालादारीमा निर्भर यस समुदायका लागि लहान नगरपालिकाले घर पुनर्निर्माण गर्न कठिन भएपछि नगरपालिका र ह्याबीटेक नेपालले मिलेर राहतस्वरूप घर निर्माण गरिदिने निर्णय गरेको हो।

लहान नगरपालिकाका प्रमुखले पीडित क्षेत्रको स्थलगत अनुगमन गर्दै तत्काल अस्थायी बसोबास, खाद्यान्न तथा आवश्यक सामग्री वितरण गरिएको जानकारी दिए। साथै, दीर्घकालीन समाधानका लागि सुरक्षित र व्यवस्थित आवास निर्माण प्रक्रिया छिट्टै सुरु गरिने उनले बताए।

स्थानीयवासीहरूले नगरपालिकाको निर्णयप्रति खुशी व्यक्त गर्दै यथाशीघ्र घर निर्माण कार्य अघि बढाउन माग गरेका छन्। उनीहरूले भने, “हावाहुरीले सबै कुरा खोस्यो, अब नगरपालिकाले घर बनाइदिने भनेपछि केही आशा पलाएको छ।”

नगरपालिकाले सम्बन्धित वडासँग समन्वय गरी वास्तविक पीडितको पहिचान गर्ने, क्षतिको मूल्यांकन गर्ने र प्राथमिकताका आधारमा घर निर्माण कार्य अगाडि बढाउने जनाएको छ। साथै, अन्य सहयोगी निकायसँग पनि सहकार्य गरेर पीडित परिवारलाई थप राहत उपलब्ध गराउने तयारी भइरहेको छ।

हावाहुरीजस्ता प्राकृतिक विपत्तिले विपन्न समुदायलाई सबैभन्दा बढी असर पार्ने गरेको सन्दर्भमा लहान नगरपालिकाको यो पहललाई सकारात्मक रूपमा हेरिएको छ। स्थानीय तहको सक्रियताले पीडित परिवारलाई पुनःस्थापित हुन महत्वपूर्ण सहयोग पुग्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस

पालिकामै पुग्न थाल्य ...

उमेश कुमार साह सप्तरी कार्तिक १७ । पछिल्लो समय आफ्नै पालिकाबाटै सवारी चालक अनुमति पत्र (लाइसेन् ...

खडक नगरपालिकाको कल्य ...

ओम प्रकाश यादव, लहान, कात्तिक १६ । सप्तरीको खडक नगरपालिका–७ कल्याणपुरस्थित आधारभूत अस्पतालमा आ ...

पत्रकारलाई धम्की दिन ...

वीरगंज १६ कात्तिक । पर्सा जिल्लाको पोखरिया नगरपालिका वडा नं.–४ का वडाध्यक्ष लक्ष्मण साह कानुले ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤