ताजा समाचार

मटियर्वामा डोजर चल्यो

  • चैत २४, २०७४
  • ९३४ पटक पढिएको
  • सिराहा टाइम्स
alt

राम नारायण पंडित, सिरहा, २४ चैत । मिर्चैया नगरपालिकाले सडक मापदण्ड भित्र पर्ने गरी अव्यवस्थित रुपले बनाईएका घरटहरा तथा पर्खाल भत्काउन सुरु गरेको हो । नगरपालिकाले बडा नं. ६ मटियर्वामा सडक फराकिलो गर्ने क्रममा सडकको दाँयाबायाँ तर्फ रहेका घरटहरा भत्काउन डोजर लगाईएको छ । सार्वजनिक सूचना जारी गरेपनि घरधनीले अटेर गरेपछि डोजर लगाएर भत्काउन सुरु गरिएको नगरपालिकाले जनाएको छ । नगरपालिकाले डोजर लगाएपछि कतिपय घरधनी आफैले घर भत्काउन सुरु गरेका छन् ।

यसअधि सडकलाई ३६ फिट फराकिलो गर्ने नगरपालिकाले तयारी गरेपनि स्थानियले बिरोध गरेपछि ३२ फिटमा सहमति भएपछि सोही अनुसार काम भईरहेको बडा नं. ६ का बडा अध्यक्ष देबकृष्ण साहले बताए । पहिलो चरणमा मुनिजी चौकदेखि पशु कार्यालयसम्मका सडकलाई ३२ फिट चौडाई गरी दुवै तर्फ साढे ३ फिटको नाला निर्माण गर्ने योजना रहेको बडा अध्यक्ष साहको भनाई रहेको छ ।
सडक बिस्तार गर्ने क्रममा घरटहरा र पर्खालहरु भत्काईए पनि केहि ठुला संरचना परेकाले सम्बन्धित घरधनीलाई १५ दिनको समय दिईएको बडा नं. ६ का बडा सदस्य दिलिप साहले बताए । सडक बिस्तार कार्य थालनी गरेसँगै मापदण्ड मिचिएका संरचनाहरु भत्काउने क्रम जारी रहेको उनले बताए । यहि चैत २१ गतेदेखि सुरु गरिएको कार्य २०७५ जेष्ठ मसान्तसम्ममा सम्पन्न गर्ने लक्ष्य रहेको छ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤