Siraha Times
ताजा समाचार

बर्डफ्लुको सङ्क्रमणपछि सुनसरीमा १ लाख ५० हजार लेयर्स कुखुरा नष्ट

  • वैशाख ७, २०८३
  • ३१८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद अविरल,बैशाख ७ । ​ ​सुनसरीको रामधुनी नगरपालिका–६ मा रहेको सुनसरी पोल्ट्री फार्ममा बर्डफ्लुको सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमण पुष्टि भएसँगै फार्ममा पालिएका करिब १ लाख ५० हजार लेयर्स कुखुरालाई नष्ट गरिएको छ । ​आईतबार प्रयोगशालाबाट बर्डफ्लु पुष्टि भएपछि सङ्क्रमण थप फैलिन नदिन पशु चिकित्सक, स्थानीय प्रशासन र सुरक्षाकर्मीको रोहबरमा ती कुखुरा नष्ट गर्ने कार्य सम्पन्न गरिएको हो । ​सङ्क्रमण पुष्टि भएसँगै आसपासका क्षेत्रमा उच्च सतर्कता अपनाउन र जैविक सुरक्षा (Biosecurity) मा विशेष ध्यान दिन पशु सेवा कार्यालयले किसान तथा व्यवसायीहरूलाई आग्रह गरेको छ । ठूलो सङ्ख्यामा कुखुरा नष्ट गरिएसँगै स्थानीय पोल्ट्री व्यवसायीहरूमा चिन्ता बढेको छ । Binod

प्रतिक्रिया दिनुहोस

१३ दिनदेखि बेपत्ता व ...

रहमुल, महोत्तरी, २६ भदौ । महोत्तरीमा १३ दिनदेखि बेपत्ता रहेका २५ वर्षीय युवकको शव घरको शौचालयको सेफ् ...

अस्पतालको छेउमै सडकप ...

रहमुल, लहान, २६ भदौ । सुत्केरी बेथा लागेपछि उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल प ...

जामिया सिराजुल उलूम ...

कपिलवस्तु, भाद्र २६ । भोटेकोशी र त्रिशूलीमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारको राहत तथा प ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१