Siraha Times
ताजा समाचार

कृष्णनगरको भन्सार नाकामा चेकजाचमा कड़ाई

  • वैशाख ६, २०८३
  • २६५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

कपीलवस्तु, बैशाख ६ । कपिलवस्तु जिल्लाको कृष्णानगर भन्सार नाकामा चेकजाचमा कड़ाई गरिएको छ । सरकारले भन्सार नाकामा अन्य देशबाट ल्याइने सय रूपयां भन्दा माथीको सामानमा अनिवार्य भन्सार गराउनु पर्ने प्रावधान कडाइका साथ लागु गर्न निर्देशन दिए संगै कडाइ गर्न थालिएको छ। कृष्णानगरको यात्रुगेट, ट्रांसमीटर लगायत स्थानबाट सामान लिएर आउने व्यक्ति लाई सशस्त्र प्रहरी र नेपाल प्रहरीले मुख्य भन्सार नाका लिंकगेट बाट लैजान अग्रह गर्नुका साथै समझाएर फर्काउने गरेको स्रोतले जनाएको छ।

भारत बाट सामान लिएर आउने व्यक्ति हरूले पहिला यस्तो न रहेकोले आज आएर यस्तो समयको सामना गर्नुपर्ने तथा नेपालमा अधिकांश कुरा महगो भएकाले विहेवारीको सामान समेत ल्याउन असहज भएको स्थानीयहरु बताउछन्। यता भने देशभरका भन्सार नाकामा कडाई गरिएकाले कृष्णानगर पनि सरकारको निर्देशन कडाइका साथ लागु गरिएको हुन सक्ने स्थानीय समाजसेवीहरू बताउछन्। भन्सार बिन्दुबाट करिब ४/५ किलोमिटर भित्र समेत सशस्त्र प्रहरी तथा नेपाल प्रहरीले छड्के चेकिंग गरेर भन्सार न गरिएका माल वस्तुहरु भन्सार कार्यालय बुझाउने गरेको छन्।

प्रतिक्रिया दिनुहोस

१३ दिनदेखि बेपत्ता व ...

रहमुल, महोत्तरी, २६ भदौ । महोत्तरीमा १३ दिनदेखि बेपत्ता रहेका २५ वर्षीय युवकको शव घरको शौचालयको सेफ् ...

अस्पतालको छेउमै सडकप ...

रहमुल, लहान, २६ भदौ । सुत्केरी बेथा लागेपछि उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल प ...

जामिया सिराजुल उलूम ...

कपिलवस्तु, भाद्र २६ । भोटेकोशी र त्रिशूलीमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारको राहत तथा प ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१