Siraha Times
ताजा समाचार

सिराहाको धनगढीमाईमा ट्याक्टर चालकमाथि दिनदहाडै छुरा प्रहार

  • वैशाख ६, २०८३
  • ३५८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद अविरल,​सिराहा, बैशाख ६ । ​सिराहाको धनगढीमाई नगरपालिका-१२ स्थित डोटेल मावि अगाडि ट्याक्टर चालकमाथि दिनदहाडै साङ्घातिक आक्रमण भएको छ । आक्रमणमा परी गम्भीर घाइते भएका चालकलाई तत्काल उपचारका लागि अस्पताल लगिएको थियो । ​घटनाको विवरण अनुसार, स्थानीय बगरटोलका मदन भुजेल ट्याक्टर चलाएर धनगढी जाँदै गर्दा विष्णुपुरकट्टी-६ को टोलमा केही युवाहरूको समूहले उनलाई घेरा हाली हातपात गरेका थिए ।

त्यस समयमा स्थानीयले हस्तक्षेप गरी उनलाई उक्त समूहबाट छुटाएका थिए । ​तर, ट्याक्टर चलाएर अगाडि बढेका भुजेल डोटेल माविको क्षेत्रमा रहेको रिठ्ठे दाइको पसल नजिक पुग्दा सोही युवाहरूको समूहले पुनः पछ्याउँदै उनीमाथि अन्धाधुन्द छुरा प्रहार गरेको प्रत्यक्षदर्शीले बताएका छन् । ​छुरा प्रहारबाट घाइते भएका भुजेलको अहिले उपचार भइरहेको छ । घटनाको मुख्य कारण के हो र आक्रमणमा संलग्न युवाहरूको समूह को हो भन्ने विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस

खडक नगरपालिकामा सक्र ...

ओम प्रकाश यादव सप्तरी भदौ ३१ । खडक नगरपालिकामा सक्रिय क्षयरोग (TB) खोजपडताल तथा AI-XRAY सहितको निःशु ...

घरमा चर्पी नहुँदा ज् ...

ओम प्रकाश यादव लहान भदौ ३१ । घरमा चर्पी नहुँदा ज्यान जोखिममा : लहान नगरपालिकाको ‘घर&ndash ...

सुख्खा पहिरोका कारण ...

विनोद अविरल,सिराहा, भदौ ३१ । सिराहा जिल्लाको धनगढीमाई नगरपालिका–१४ स्थित बाझीगाछी क्षेत्रमा सु ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१